Comments Add Comment

मास्क

List Grid
वीरगञ्ज महानगरमा सेवा लिन मास्क अनिवार्य

१६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रममा नगर प्रमुख विजय सरावगीले त्यस्तो घोषणा गरेका हुन् । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वमा सर्वसाधारणको चलहपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य […]

प्रदेश-२ सरकारले मास्क नलगाउनेलाई सरकारी सेवा नदिने

२७ भदौ, जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले […]

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’ अभियान

२० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ । कोरोना भाइरसबाट बच्नका लागि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको हो । आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु […]

सेप्टेम्बर १४ मा आइफोन १३, मास्क लगाउँदा पनि फेस आइडीले काम गर्ने

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब यस्तो प्रतीक्षाको घडी छिटै नै अन्त्य हुनेछ । आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ […]

काठमाडौं प्रशासनले गर्‍यो मास्क नलगाई हिंड्नेलाई कारबाही (फोटो फिचर)

२८ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडेकाहरुलाई जरिवाना समेत गराइएको छ । बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो । सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, […]

काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’ सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर […]

रौतहटमा मास्क नलगाए जरिमाना

२३ साउन, रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ । नेपाल मास्क अभियान अन्तर्गत  ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । अनिवार्य रुपमा मास्क लगाउन […]

कोरोनासँग खेलाँची : मास्क खोल्न किन हतार ?

हामीलाई मास्क खोल्न हतार भइसक्यो । भीडभाड गर्ने मुड बनिसक्यो । जबकि कोरोना भाइरस ज्यूँका त्यूँ छ । यसबाट संक्रमित हुने र मृत्यु हुने क्रम पूर्णत: घटेको छैन । सुरक्षित र संयमित भएर आफ्नो दैनिक काम–व्यवहार गर्नु त पर्छ नै । तर, हामी कोरोनासँग खेलाँची गर्दैछौं । अमेरिकामा पुन: कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ […]

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै सुन्दर बेहुली पहिरन तयार पारेका छन् । सोसल मिडिया साइट […]

मास्क नलगाएको भन्दै अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना

१५ असार, सिड्नी । लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका छन् । “मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित […]

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्। ”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं […]

मास्क नलगाउनेसँग जरिवाना नलिन सर्वोच्चको आदेश

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हाल मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम […]

अमेरिकामा दुवै डोज खोप लगाएपछि मास्कबाट मुक्ति ! यस्तो छ, वैज्ञानिक कारण

२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय भनेकै नाक र मुख छोप्ने गरी मास्क लगाउनु नै हो । तर, कोरोना भाइरस विरुद्धका खोपका दुवै डोज लगाएपछि समेत मास्क हटाउन नमिल्ने भनेर विज्ञ तथा अधिकारीले यसअघि बताउँदै आएका थिए । जसले गर्दा पूरै खोप लगाएपनि मास्कबाट मुक्ति नपाइएला कि भन्ने चिन्ता थियो […]

ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना

२३ वैशाख, काठमाडौं । ललितपुरमा निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा विना काम घरबाहिर निस्कने र मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउने गरेको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार बिहीबार १८० जना पुरुष र २६ जना महिला कारबाहीमा परेका छन् । निषेधाज्ञामा हिँडडुल गर्नेहरुबाट […]

दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

१९ वैशाख, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतबार कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख […]

उपभोक्ता मूल्य नतोक्ने मास्क उद्योगलाई ५० हजार जरिबाना

१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ । हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई अधिकतम् खुद्रा मूल्य तोक्न निर्देशन […]

कैलालीमा ‘तपाईंको मास्क खोई ?’ अभियान

१४ वैशाख, डोटी । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका ट्राफिक प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढीमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि ट्राफिक प्रहरीहरु सडकमा यसरी देखिएका छन् । दोस्रो […]

हेटौंडामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

१३ वैशाख, हेटौंडा । दोश्रो चरणमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि प्रशासनले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । यात्राका क्रममा मास्क नलगाउनेलाई प्रशासनले सय रुपैयाँ जरिवाना तोकेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना दर बढ्दै गएपछि प्रहरी परिचानल गरिएको छ । हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र […]

बजारमा थरीथरी मास्क : कुन बढी सुरक्षित ?

कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ । अहिले राज्यस्तरबाट पनि मास्कमा […]

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

१२ वैशाख, जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश-२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन गरेको छ । प्रदेशको ८ वटै जिल्लाबाट मास्क नलगाउने ३ हजार ५ सय २४ जनालाई रु. १ सयका दरले जरिवाना तिराइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । उनीहरुलाई संक्रामक रोग निवारण […]