Comments Add Comment

रानीपोखरी

List Grid
लकडाउनकै बीच रानीपोखरी पुनर्निर्माण सुरु

२४ वैशाख, काठमाडौं । लकडाउन सुरु भएको दिनदेखि बन्द भएको रानीपोखरी पुनर्निर्माणको पुनः सुरु भएको छ । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गत हप्तादेखि र रानीपोखरी पुनर्निर्माण आइतबारदेखि सुरु भएको हो । रानीपोखरी पुनर्ननिर्माण ढिला हुन नदिन काम सुरु गरिएको प्राविधिक परामर्शदाता राजमान महर्जनले बताए । ‘४५ दिनसम्म घरभित्रै बसेका छौं, अहिलेसम्म यहाँ कोरोनाको संक्रमण देखिएको […]

महाभूकम्प गएकै दिन रानीपोखरी उद्घाटन गर्ने योजना अधुरै

१२ वैशाख, काठमाडौं । भूकम्प गएको पाँच वर्षपछि आज अर्थात् वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो । भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य लकडाउनको कारण पूरा हुन सकेन । ०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीलाई मल्लकालीन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण […]

रानीपोखरी शिलान्यासको ४ वर्ष पूरा, १२ वैशाखमा सकिएला ?

२ माघ, काठमाडौं । १९९० साल माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा नेपालको धर्ती जोडले हल्लिएको थियो । यसलाई आज पनि ‘९० सालको भुइँचालो’ भनेर सम्झिने गरिन्छ । त्यही भुइँचालोको सम्झनामा हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालियो । तर २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ […]

रानीपोखरी गेटमा सर्वसाधारणको भाइटीका, हेर्नुस् ७ तस्वीर

१२ कात्तिक, काठमाडौं । रानीपोखरीमा रहेको बालगोपाल मन्दिर अगाडि सर्वसाधारण भाइटीका लगाएका छन् । भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्य भागमा रहेको बालगोपाल मन्दिरमा १२ वैशाख २०७२ मा गएको भूकम्पले क्षति गरेपछि अहिलेसम्म बन्द छ । त्यसैले सर्वसाधारणले रानीपोखरीको गेट छेऊमा बसेर टीका लगाएका हुन् । रानीपोखरीबाहिर दिदीबहिनी नहुनेले टीका लगाउने गरेका छन् ।  

रानीपोखरी पुनर्निर्माण : साढे २ करोड बालुवामा पानी हाले सरह

२९ चैत, काठमाडौं । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण उपयुक्त निर्णय लिन लिन नसक्दा साढे २ करोड भन्दा बढी रकम नोक्सान भएको पाइएको छ । सरकारले तोकेबमोजिम मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न समयमै उपयुक्त निर्णय नलिँदा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले खर्च गरेको कूल २ करोड ६० लाख ८७ हजार भन्दा बढी रकम खेर गएको […]

जाग्यो रानीपोखरी पुनर्निर्माणको आश, विद्यासुन्दरको ‘तामझाम’ खारेज

२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]

जाग्यो रानीपोखरी पुनर्निर्माणको आश

२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेको थियो । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोक्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]

रानीपोखरी पुनर्निर्माण गर्न ७ सदस्यीय समिति गठन

१५ फागुन, काठमाडौं । रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो । रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति नाम दिइएको उक्त समितिमा प्रा.डा.प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्व […]

रानीपोखरीमा मेलम्चीको पानी खसालिने !

१२ फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगाएको छ ।पुरातत्व विभाग, काठमाडौं महानगरपालिकामा ३ वर्ष अल्झँदै अहिले प्राधिकरण मातहत गएको रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगो लागेको हो । प्राचिन मल्लकालीन शैलीमा निर्माण गर्ने सहमति भएको रानीपोखरीको ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माण मोडालिटी तय गरिएको छ । प्राधिकरणसहित सरोकारवालाको बैठकले गरेको निर्णय अनुसार […]

रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगियो, मेलम्चीको पानी खसालिने !

१२ फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगाएको छ ।पुरातत्व विभाग, काठमाडौं महानगरपालिकामा ३ वर्ष अल्झँदै अहिले प्राधिकरण मातहत गएको रानीपोखरीको पुनर्निर्माण मोडालिटी टुंगो लागेको हो । प्राचिन मल्लकालीन शैलीमा निर्माण गर्ने सहमति भएको रानीपोखरीको ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माण मोडालिटी तय गरिएको छ । प्राधिकरणसहित सरोकारवालाको बैठकले गरेको निर्णय अनुसार […]

रानीपोखरीको जिम्मा लिने प्राधिकरणले राष्ट्र बैंक बनाउन सकेन

२२ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी निर्माणको जिम्मेवारी पाएको छ । काठमाडौं महानगरपालिकाबाट खोसेर यो जिम्मेवारी प्राधिकरणलाई दिइएको हो । तर, आफ्नै जिम्मेवारीमा रहेको नेपाल राष्ट्र बैंकको पुनर्निर्माण भने प्राधिकरणकै अनिर्णयका कारण अहिलेसम्म अलपत्र अवस्थामा छ । भूकम्पले क्षतिग्रस्त राष्ट्र बैंकको केन्द्रीय भवन पुनर्निर्माणका लागि गत असोजमै प्राधिकरणले चिनियाँ कम्पनी एसआरबीसीसँगको ज्वाइन्ट भेन्चरमा […]

उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण गर्न छलफल

१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्नेबारे छलफल थालेको छ । चौंथो पटक टेण्डर आहृवान गर्ने कि स्थानीय उपभोक्ता समिति बनाएर पुनर्निर्माणको जिम्मा दिने भन्नेबारे छलफल भइरहेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले अनलाइनखबरलाई जानकारी दिए । विज्ञ सम्मिलित स्थानीय उपभोक्ता समितिलाई दिइएको काष्ठमण्डप पुनर्निर्माण सन्तोषजनक देखिएकाले रानीपोखरीमा पनि त्यस्तै मोडेल अपनाउन सकिनेबारे छलफल […]

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई नदिने निर्णय, ग्रन्थकुट शैलीबारे फेरि बहस

२ भदौ, काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ भने स्वरुप पनि पुरानै हुने सम्भावना बढेको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव गर्‍यो, जसमा लगभग सहमति जुटेको थियो […]

रानीपोखरीमा प्रयोग गरिएको कङ्क्रिट हटाउन १६ लाख लाग्ने

१८ वैशाख, काठमाडौं । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि १६ लाख रुपैयाँ लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिए । आचार्यले भने […]

रानीपोखरीको पुनःनिर्माणका विषयमा महानगरका कर्मचारीविरुद्ध प्रहरीमा उजुरी

२१ फागुन, काठमाडौं । नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपमा सम्पदा संरक्षणकर्मीको एक समूहले महानगरपालिकाविरुद्ध प्रहरीमा उजुरी गरेको छ । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको उजुरीमा कानून विपरीत पुनर्निर्माण गर्न लागिएको भन्दै अनुसन्धान गर्न माग गरिएको छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत […]

रानीपोखरीको ऐतिहासिक वस्तुहरु मेटाएको भन्दै प्रहरीमा उजुरी

२१ फागुन, काठमाडौं । रानीपोखरी पुनर्निमाण गर्दा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु मेटाएको भन्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ । काठमाडौं स्कुल अफ लका विद्यार्थी, वकिल, पत्रकार, नागरिक समाजका अभियन्ता लगायतले जाहेरी दिएका हुन् । पुनर्निमाण गर्दा प्रताप मल्लले बनाएको ऐतिहासिक वस्तुहरुलाई मेटेर कङ्क्रिट बनाएको भन्दै त्यसमा संलग्न ठेकेदार, काठमाडौं महानगरपालिका र पुरातत्व विभागका कर्मचारी […]

रानीपोखरीको मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट ?

२७ पुस, काठमाडौं । विज्ञ समूहको अध्ययनका क्रममा रानीपोखरीका तीन शैली भेटिएको छ, जसमध्ये सबैभन्दा पुरानो ग्रन्थकुट शैलीलाई सिफारिस गर्ने सम्भावना छ । काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ समूहका संयोजक विष्णुराज कार्कीका अनुसार प्रतिवेदन लेखन सकिएको छ । उनका अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालमा ग्रन्थकुट शैलीमा बनेको पाइएको छ । पुरातत्व विभागका पूर्वनिर्देशक समेत रहेका […]

रानीपोखरीमा बनाइएको कंक्रिट संरचना भत्काइने, सात वटा कुवा खोज्ने निर्णय

२० पुस, काठमाडौं । रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको छ । विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै बनाउनु पर्नेमा जोड दिएको छ । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो । समूहका सदस्य एवं वडाध्यक्ष चिनियामान बज्राचार्यले अनलाइनखबरसँग भने, ‘सिमेन्टको संरचना भत्काउने निर्णय भएको छ । भोलि […]

रानीपोखरीको पुरातात्विक उत्खनन गर्ने निर्णय, जनताको सुझाव पनि लिइने

१७ पुस, काठमाडौं । विज्ञ समूहले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध गरेको छ । रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो । सोमबार बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘पुरातात्विक उत्खननका लागि पुरातत्व […]

सम्पदाको विनासमा केन्द्रित महानगरः अढाइ वर्षका ५ प्रकरण

१४ पुस, काठमाडौं । उपमेयरले ताला लगाउने र मेयरले फोड्ने । काठमाडौं महानगरपालिकामा मौलाएको बेथितिको चरम नमूना मान्न सकिन्छ, यसलाई । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको शहरको नेतृत्व महानगरले नै गर्छ । तर, ती धरोहरहरुको संरक्षणमा भने महानगरको उदासिनताले शिखर चुम्दैछ । रानीपोखरीको ‘कंक्रिट प्रकरण’ त्यसको पछिल्लो उदाहरण हो । पोखरीको चारैतिर कंक्रिट पर्खाल लगाउँदै […]

रानीपोखरी पुनर्निर्माण स्थगित, मल्लकालीन शैलीमै बनाइने

१३ पुस, काठमाडौं । काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । साथै प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने भएको छ । महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ […]