+
+
Shares

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक २५ गते १०:३६

६ कात्तिक, काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसम्म पुग्ने साँघुरो पुलमा भाइटीका लगाउन जानेहरूको चहलपहल छ । कोही मन्दिरतर्फ अघि बढिरहेका छन् त कोही टीका लगाएर फर्किँदै छन् ।

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् ।

मन्दिर परिसरमा बसेर दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने र माला पहिर्‍याइदिने दृश्य देखिन्छ । टीका लगाउन आएका दाजुभाइ र उनीहरूलाई टीका लगाइदिने दिदीबहिनीको उपस्थितिले मन्दिर परिसरमा भाइटीकाको रौनक थपिएको छ ।

विदेशी पर्यटकहरूले पनि रानीपोखरीमा टीका लगाएर रमाइलो गरिरहेका छन् ।

            

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?