Comments Add Comment

राैतहट

List Grid
स्रोत नखुलेको पौने ३१ लाख रुपैयाँसहित दुईजना भारतीय पक्राउ

२६ जेठ, रौतहट । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् । बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख […]

रौतहटमा थपिए ११ जना कोरोना संक्रमित

२७ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए । जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट […]

रौतहटमा थपिए ३४ जना कोरोना संक्रमित

४ असार, रौतहट । रौतहटमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बिहीबार ३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा इशनाथका २४, राजपुरका ७, गौरका २ र परोहामा १ जना छन् । यससँगै रौतहटमा कुल संक्रमितको संख्या १ हजार ९४ पुगेको छ ।

रौतहटमा थप १२५ जनामा कोरोना संक्रमण

३ असार, रौतहट । रौतहटमा एकैदिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार बुधबार एकैदिन १२५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३ र बौधीमाईका ११ जना छन् । संक्रमण पुष्टि भएका मध्ये ७७ जनाको विवरण खुल्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ […]

रौतहटमा थपिए ९८ जना कोरोना संक्रमित

१ असार, रौतहट । रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार सोमबार ४ जना महिलासहित ९८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या ८६९ पुगेको छ । सोमबार थपिएका संक्रमितहरुमा इशनाथका ३३, यमुनामाईका ४७, राजदेवीका ९, राजपुरका ८ र फतुवा बिजयपुरका १ जना छन् […]

रौतहटमा थपिए ५३ जना कोरोना संक्रमित

२८ जेठ, राैतहट । रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार रौतहटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जना छन् ।

काठमाडौं र रौतहटमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

२७ जेठ, काठमाडौं । काठमाडौं र रौतहटमा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारमा प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटर ठोक्किँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी वीरेन्द्रचोक बस्ने २७ वर्षीया सुप्रभा लुईँटेलको मृत्यु भएको छ । अनियन्त्रित स्कुटर कारमा ठोक्किँदा गम्भीर घाइते […]

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

२७ जेठ, रौतहट । राैतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साह छन् । प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित साहलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी भरत श्रेष्ठले बताए । यसअघि जेठ ८ मा रौतहटको […]

क्वारेन्टिन स्थलमा स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी पक्राउ

२२ जेठ, जनकपुरधाम । रौततहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुट्ने मध्येका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले स्वास्थ्यकर्मी कुट्ने घट्नाका मुख्य आरोपी रुस्तम मियाँलाई पक्राउ गरेकाे हो । उनी राजपुर नगरपालिका ९ का बासिन्दा हुन् । उनलाई गाउँबाटै […]

रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिए

२२ जेठ, रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका […]

इम्युनिटी पावर बढाउन सर्लाही र रौतहटका काेराेना संक्रमितलाई च्यवनप्रास

२० जेठ, जनकपुरधाम । आइसोलेसनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने च्यवनप्रास लगायतका जडीबुटी प्रदान गरिएको छ । अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई इम्युनिटी बुस्टर, पोषण लगायतका सप्लिमेन्ट सामग्री प्रदान गरिएको हाे । प्रतिव्यक्ति च्यवनप्रास ५०० ग्राम, चनाको सातु २ किलो, […]

रौतहटमा कोरोना संक्रमित बढ्दै, परीक्षणको दायरा घट्दै

१९ जेठ, रौतहट । रौतहटमा सोमबार कोभिड १९ (कोरोना) का १८ नयाँ संक्रमित थपिएका छन् । रौतहटको परोहा नगरपालिकाको क्वारेन्टिनमा रहेका १४ र यमुनामाई गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको सँख्या २३३ पुगेको छ । रौतहटका १८ स्थानीय तह मध्ये गुजरा, चन्द्रपुर र फतुवा विजयपुरबाहेक अन्य १५ स्थानीय तहमा संक्रमित फेला […]

संक्रमितलाई आइसोलेसन लैजान खोज्दा किन भयो विवाद ?

१७ जेठ, रौतहट । इशनाथ नगपारलिका–७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसाको क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितलाई जिल्लाकै गरुडा विर्तामा रहेको प्रहरी विद्यालयमा बनाइएको आइसोलेसनमा पठाउन नगरपालिकाको टोली पुग्दा स्थानीयले विरोध गरे । विरोध गर्नेहरुको समूहमा महिला बढी थिए । क्वारेन्टिनमा बसेकाहरु पनि विरोधमा उत्रिए । सक्रमितलाई अन्यत्र लैजान नहुने, […]

निर्मला पन्त हत्याको बिरोध गर्दै रौतहटमा प्रदर्शन

१४ भदौ, रौतहट । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा रौतहटमा पनि प्रर्दशन भएको छ । देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै विभिन्न संघसंस्थाहरुले बिहीबार गौरमा प्रर्दशन गरेका हुन् । कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै रौतहटको गौरमा अधिकारकर्मी तथा अभियन्ताहरुले मुखमा कालोपट्टी बाँधेर र्‍यालीसहित प्रदर्शन गरेका […]

सांसदको चेतावनी-बारा, पर्सा र रौतहटलाई छुट्टै प्रदेश बनाउँछौं

१९ माघ, वीरगञ्ज । प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी आन्दोलनकारीले दिएका छन् । वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित बिरोधसभामा बोल्ने वक्ताहरुले छुट्टै प्रदेश बनाउने चेतावनी दिएका हुन् । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन दवाव दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिको आव्हानमा आयोजित विरोध सभामा बोल्दै प्रदेशसभा […]

रौतहटको राजपुरमा गोली लागेर एक जना घाइते

१५ माघ, रौतहट । रौतहटको राजपुर नगरपालिकाको बैरियामा सोमबार बिहान गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ । गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर […]

शितलहर प्रभावितको उपचार गर्न रौतहट पुगे डा. केसी

५ माघ, रौतहट । शितलहरले प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा पुगेर डा. गोबिन्द केसीले राहत वितरण गरेका छन् । साथै, उनले दलित तथा गरिबको निःशुल्क उपचार समेत गरेका छन् । बिहीबार अचानक रौतहटको समनपुर आएका डा. केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन् […]

तराईमा शीतलहरः के गर्दैछन् स्थानीय सरकार ?

१ माघ, सप्तरी । हरेक वर्ष जब जाडो आउँछ, तब शीतलहर र त्यसले ज्यान गएका खबरहरु आउँछन् । त्यसपछि सहयोगी हातहरु पनि अगाडि आउँछन् । यस वर्ष पनि शीतलहरले ज्यान गएको खबरहरु आइरहेको छ । सहयोगी हातहरु पनि मधेस झरेका छन् । तर, दीर्घकालीन समाधान अझै देखिएको छैन । विगतमा केन्द्र सरकारको मुख ताक्नुपर्ने बाध्यता […]

रौतहटमा कठाङ्ग्रिएर थप दुर्इको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

२३ पुुस, रौतहट ।  शीतलहरसँगै बढेको जाडोले कठाङ्ग्रिएर शनिवार राति रौतहटमा थप दुईजनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका-२ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मीको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । शेख समिम र मरठिया दुवै आ-आफ्ना घरमा खाना खाएर सुतेको र […]

गाउँपालिका अध्यक्ष कक्षाकोठामा, विद्यार्थी चौरमा

२२ कात्तिक, रौतहट । माथिको तस्वीरमा देखिएको बोर्ड रौतहटको यमुनामाई गाउँपालिकाको हो । तर, यथार्थ के हो भने यो भवन जनता माध्यमिक बिद्यालयको हो र गाउँपालिकाले कार्यालय स्थापना गर्नुअघि यस भवनका कोठाहरुमा २ देखि ६ कक्षासम्मका बिद्यार्थी पढ्ने गर्थे । २० वर्षपछि भएको निर्वाचनमार्फत चुनिएर आएका जनप्रतिनिधिले नै बिद्यालय भवन हडपेर गाउँपालिका कार्यालय स्थापना गरेपछि […]

रौतहटमा माओवादी र फोरमबीच झडप, प्रहरीद्वारा हवाई फायर

२ असोज, राैतहट । रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र  र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ । प्रावि गम्हरिया पतौरा मतदान केन्ऽमा माओवादीले गैर मतदानतनलाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते […]