Comments Add Comment

वैदेशिक राेजगारी

List Grid
श्रम कानून सुधार्दै खाडी मुलुक, नेपाली श्रमिकलाई पनि लाभ

२१ कात्तिक, काठमाडौं । बुधबार साउदी अरेबियाले पनि आफ्नो श्रम कानूनका असहज व्यवस्थाहरु सुधार्ने घोषणा ग¥यो । जसले त्यहाँ कार्यरत धेरै नेपाली श्रमिकलाई पनि खुसी बनाएको छ । करार अवधि सकाएर पनि साउदीमा एउटै कम्पनीमा ‘दास’ जस्तै भएर बस्नुपर्ने बाध्यता नयाँ व्यवस्थाले हटाउने विश्वास गरिएको छ । यदि घोषणाअनुसार नै साउदीले श्रम कानूनमा सुधार गरेमा […]

परदेशी नेपाली भन्छन्– कोरोनाले लुट्यो दसैंको रौनक

७ कात्तिक, काठमाडौं । विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीहरुबीच यसपालि दसैंको माहौल पहिलेजस्तो छैन । न नेपालमा रेमिट्यान्स पठाउनेहरुको लामो लाइन छ, न दसैंमा साथीभाइ जमघट गर्ने योजनाहरु नै बनेका छन् । विदेशमै जमघट गरेर रमाइलोसँग दसैं मनाउने विगतको परम्परालाई यो वर्ष कोरोनाले प्रभावित गरेको छ । साउदी, कतार, कुवेत, ओमान, बहराइन, मलेसियाजस्ता देशमा रहेका […]

दशैंको मुखमा स्वदेश फर्किए २० हजार नेपाली

४ कात्तिक, काठमाडौं । दशैंका मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार १८ पुगेको  छ । दशैंको टीकाको दिनसम्म स्वदेश फर्किने नेपालीहरुको संख्या २५ हजार नाघ्ने अनुमान छ । करिब एक लाख नेपाली […]

महामारीले रोक्दैन दशैंको रेमिट्यान्स

२९ असोज, काठमाडौं । बहराइनको मानामास्थित एक सुपरमार्केटमा काम गर्ने चितवनका मधु पन्तले आइतबार दशैंका लागि घरमा खर्च पठाए । घरको दुःख हटाउने सपना बोकेर विदेशिएका उनलाई जसोतसो जोरजाम गरेर पैसा पठाउन सकेकोमा ठूलो सन्तोष मिलेको छ । ‘कोरोना महामारी भएपनि गाउँघरमा दशैंको माहोल हुन्छ, खर्च हुन्छ, त्यही भएर खर्च त पठाउनै पर्छ,’ अनलाइनखबरसँग टेलिफोनमा […]

आप्रवासन नीतिमा पुनर्विचार गर्न सरकारलाई सुझाव

२५ असोज, काठमाडौं । विज्ञहरुले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने सुझाव उनीहरुको छ । नेपाल पोलिसी इन्स्टिच्युटलगायतका चार ओटा संस्थाहरुद्वारा आयोजित भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै अनुसन्धानकर्ता तथा प्राज्ञहरुले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिलाई अवसरको रुपमा […]

दसैंमा विदेशबाट नेपाल आउन कति सहज ?

१९ असोज, काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहन्छन् । तर यो वर्ष कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिक भने दसैंमा घर विदामा आउने योजनामा छैनन् । यद्यपि अहिले पनि विगतको लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन आतुर छन् । उनीहरुमध्ये धेरैको योजना […]

खाडी देश र मलेसियाले कहिलेबाट मगाउलान् नयाँ श्रमिक ?

११ असोज, काठमाडौं । सरकारले गत भदौ १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलायो । तर, नयाँ प्रक्रियामार्फत म्यानपावर कम्पनीहरुबाट विदेशी कम्पनीमा श्रमिक लैजाने गरी नयाँ संस्थागत श्रम स्वीकृति लिने क्रम अझै सुरु भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार व्यक्तिगत पहलमा व्यक्तिगत रुपमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरु सीमित छन् […]

‘मालिक र पाहुनाबाट यौन शोषण’

१ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अजमान सिटी । एउटा एरिया छ, जहाँ बंगलादेशी, अफ्रिकी र नेपाली घरेलु कामदार आपूर्ति गर्ने एजेन्सीहरु छन् । एजेन्सीमा ग्राहक आउँछन्, युवक–युवती हेर्छन्, छान्छन् र मन परेकालाई लैजान मोलमोलाई गर्छन् । अन्त्यमा एक जनाको ५ लाखदेखि ६ लाख रुपैयाँमा ‘डिल’ हुन्छ । दलालले प्रतिव्यक्ति नेरु डेढ […]

‘विदेशमा घरेलु कामदार पठाउन दबाब दिनेहरु हरेक पार्टीमा छन्’

म २०५४ सालमा श्रम मन्त्री हुँदा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउन प्रतिवन्ध लगाउनुपर्छ भनेर निर्णय भयो । आईएलओको सम्मेलनमा जेनेभा जाँदा मैले अरबका धेरै मन्त्रीहरुलाई भेटेँ । अरुले बीच–बीचको कुरा गरे । कुवेतको श्रम मन्त्रीले ‘तपाईंँहरु महिला कामदारहरु नपठाउनुस्’ भनेर मसँग खुलेर भने । उनले दुईटा कुरा गरे । पहिलो– सरकारले काम लगाउने होइन । […]

राजदूतका प्रश्न : मरेपछि मात्रै अलपत्र नेपाली स्वदेश फर्काउने ?

२५ भदौ, काठमाडौं । कोरोनाबाट उत्पन्न जटिल परिस्थितिका कारण विगत ७ महिनादेखि विभिन्न देशमा हजारौं नेपाली श्रमिक अलपत्र छन् । सरकारले गरेको आग्रह बमोजिम आफ्नो फर्किन पालो कुरिरहेका उनीहरुको धैर्यको बाँध टुट्न थालेको छ । बेखर्ची अवस्थामा सकसपूर्ण क्वारिन्टिनमा बसेकाहरुलाई लामो समयदेखि सरकारले स्वदेश फर्काउने आशा देखायो । तर, अझै पनि फर्किने टुंगो नहुँदा उनीहरुमा […]

अलपत्र कामदारको उद्धारमा सरकारी जालझेल

सबैलाई जगजाहेर भएको कुरो हो कि नेपाल सरकारले प्रारम्भिक दिनमा विदेशबाट कामदार ल्याउन नै चाहेन । जो जहाँ छौं, त्यहीँ बसौं भन्यो । जबकि कतिपय हामीजस्तै कामदार पठाउने राष्ट्रहरुले योजनावद्ध ढंगले कामदार क्रमशः ल्याएर व्यवस्थापन गरिरहेका थिए । विशेषतः भारतबाट आउनेलाई लामो समय रोक्ने र पछिविना योजना र स्वास्थ्य मापदण्ड पालना नगरी ह्वात्त छाड्नाले कोरोना […]

युएईबाट नेपालीको प्रश्न– रेमिट्यान्सले देश चल्ने, हामी किन नचल्ने ?

९ भदौ, युएई । अर्घाखाँची शितगंगा नगरपालिका घर भई दुवईको एक होटलमा काम गर्दै आएका टोपलाल खनाल ६ महिनादेखि स्वदेश फर्किने टिकटको पर्खाइमा थिए । आफैंले टिकट पाउन नसकेपछि कम्पनीले भदौ १ को टिकट काटिदिएको थियो । तर नेपाल सरकारले भदौ १५ सम्मका लागि सबै उडान स्थगन गर्ने जनाएपछि उनी जाने फ्लाइट क्यान्सिल भयो । […]

युएईमा पाँच महिनामा ११० नेपालीको मृत्यु

२९ साउन, युएई । युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा […]

कागजमै सीमित ‘फ्री भिसा–टिकट’

१९ साउन, काठमाडौं । जाजरकोट नलगाड–३ का नवीनप्रकाश पुन एक महिनादेखि वैदेशिक रोजगार विभाग धाइरहेका छन् । मलेसिया जान भन्दै साहुबाट ऋण काढेर उनले डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाए । काठमाडौं सामाखुसीको सुनगाभा म्यानपावर कम्पनीले विदेश उडाउँछु भनेर पैसा त लियो । आखिर, उनलाई बिल्लीबाठ बनायो । ‘डिमान्ड क्यान्सिल भयो भन्दै म्यानपावरले अलमल्याएको यत्तिका दिन […]

सरकारी प्रक्रियाबाट एकजना पनि श्रमिक जापान जान पाएनन्

१३ साउन, काठमाडौं । गत साल चैत ११ मा कामदार आपूर्तिबारे सरकारी स्तरमा जापान–नेपाल सहकार्यको समझदारी (एमओसी) हुँदा धेरैलाई लागेको थियो– अब भाषा परीक्षा पास गरेर कोरियामाजस्तै गरी जापान पनि जान पाइनेछ । तर, डेढ वर्षसम्म नेपाली कामदारले यो सम्झौताको लाभ लिन सकेका छैनन् । दुई देशबीच भएको एमओसीअनुसार ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू)को सरकारी प्रक्रिया […]

कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची सार्वजनिक

३१ जेठ, कतार । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ । त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती […]

सीमामा प्राण त्यागेका वीरेन्द्रको परिवारलाई अमेरिकाबाट सहयोग

२५ जेठ, जनकपुरधाम । वियोगात्मक दिनहरु काट्न बाध्य भएकी धनुषाको शहीद नगरपालिका ९ की सविता देवी यादवको मुहार शनिबार अन्य दिनभन्दा केही उज्ज्यालो देखियो । उनका ससुरा रामजतन यादव पनि केहीबेरका लागि पीडा बिर्सेको देखिन्थे । १४ जेठमा धनुषाको जटही सीमामा भोकभोकै प्राण त्यागेका वीरेन्द्रकी पत्नी हुन् सविता र रामजतन पिता । रोजगारी गर्न गत […]

विचरा चन्द्रबहादुर र कम्युनिस्ट सरकार

प्रतिपक्षमा हुँदा अथवा चुनावमा जनता समक्ष भोट माग्दा चर्का चर्का भाषण सुनिन्थ्यो, “हजारौं लाखौं युवाहरू कामको खोजीमा खाडी मुलुकमा जान र त्यहाँको ४५/५० डिग्रीको तातोमा पोलिएर काम गर्न विवश छन्, दैनिक बीस हजारको हाराहारीमा युवाहरू पासपोर्ट बनाउने लाइनमा उभिएको देखिन्छ । यो अवस्थाको अन्त्य कहिले हुने ? यस्तो दु:खद् अवस्थाबाट मुक्त गर्नका लागि हामी (कम्युनिस्ट […]

रेमिट्यान्स : सबै देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

२७ वैशाख, काठमाडौं । सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ । यसरी विदेशबाट […]

मलेसियामा मासिक १५ लाखसम्म कमाउने यी नेपाली कामदार

१३ असोज,  मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । […]

इजरायलसँगको रोजगारी सम्झौता नै त्रुटिपूर्ण, चिठ्ठा प्रथाप्रति असन्तुष्टि

२८ पुस, काठमाडौं । सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू)का आधारमा कोरियामा १० वर्षमा ५० हजार नेपालीले रोजगारी पाए । तर, त्यस्तै एमओयू गरेर पनि इजरायलबाट नेपाली कामदारले खासै लाभ उठाउन सकेका छैनन् । कामदार लैजानेबारे भएको एमओयूमै त्रुटी र कमजोरी भएपछि नेपाली कामदारले यसबाट पर्याप्त फाइदा लिन नसकेका हुन् । इजरायलले केयर गिभरका रुपमा […]