Comments Add Comment

हेलिकोप्टर

List Grid
२० वर्षदेखि प्रहरी हेलिकोप्टर मागेको माग्यै

२७ चैत, काठमाडौं । प्राकृतिक प्रकोपका बेला तत्काल उद्दार र विशेष प्रकृतिको अपरेशनमा प्रयोगका लागि नेपाल प्रहरीले दुई दशकदेखि हेलिकोप्टरको माग गरिरहे पनि हालसम्म पाउन सकेको छैन । तत्कालीन विद्रोही माओवादीले सशस्त्र संघर्ष चलाइरहेका बेला प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले सरकारसमक्ष पहिलो पटक औपचारिक रुपमा हेलिकोप्टर मागेका थिए । तर, कहिले सेनाको अवरोध त कहिले ठोस […]

हिल्साबाट झुण्ड्याएर सिमकोट ल्याइयो मनाङ एयरको हेलिकोप्टर

९ असोज, सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकोप्टर सिमकोट ल्याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा […]

बिरामी लिएर चितवनबाट आएको हेलिकोप्टर ककनीमा आकस्मिक अवतरण

१६ साउन, काठमाडौं । चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ । मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको हो । हेलिकोप्टरमा ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार थिए । भर्खरै घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार […]

एनएमएले रोक्यो गोविन्द केसीलाई लिन जुम्ला जान लागेको हेलिकोप्टर

२७ असार, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्ना प्रतिनिधि नपठाएपछि अनसनरत डा. गोविन्द केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको छ । सरकारको क्याविनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह तथा एनएमएका प्रतिनिधिसहित हेलिकोप्टर जुम्ला जाने तयारी थियो । डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सरकारले काठमाडौ ल्याउने व्यवस्था गरेको थियो । यसको […]

डा. केसीलाई लिन जुम्लामा हेलिकोप्टर पठाउने तयारी

२७ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीलाई लिन सरकारले हेलिकोप्टर पठाउने तयारी गरेको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाउने तयारी गरेको हो । स्रोतका अनुसार डा. केसीलाई लिन नेपाली सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर जुम्ला पठाउने तयारी गरिएको छ । […]

गुल्मी महोत्सवमा हेलिकोप्टरबाट दृश्यावलोकन गर्न पाइने

२४ फागुन, गुल्मी । आगामी चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधि बढ्न थालेका छन् । महोत्सवलाई आकर्षक तथा प्रभावकारी बनाउनको लागि उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका हुन् । महोत्सवमा थप आकर्षक बनाउनको लागि हेलिकप्टरको व्यवस्था हुने भएको छ । महोत्सवलाई थप आकर्षण बनाउनको लागि महोत्सव […]

सुर्खेतमा सपथ खान हेलिकोप्टर चार्टर

७ माघ, काठमाडौं । प्रदेश ६ का प्रदेशसभा सदस्यहरु सपथग्रहण गर्न हिलिकोप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टरमा अस्थायी मुकाम वीरेन्द्रनगर पुगेका हुन् । शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार विहानै हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् । समानुपातिकतर्फ सांसद […]

नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु

१३ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपालमा हेलिकोप्टरमा लगानी गर्नेहरू बढेर गएका छन् । यसबाट हुने आम्दानीका कारण सञ्चालनमा रहेका कम्पनीले पनि धमाधम नयाँ हेलिकोप्टर भित्र्याइरहेका छन् । कैलाश हेलिकोप्टर प्रालि नयाँ दुई हेलिकोप्टरसहित सञ्चालनमा आउने तयारीमा छ । उक्त कम्पनीका अध्यक्ष आशिष शेरचनका अनुसार हाल खरिद प्रक्रिया अगाडि बढाइएको छ । नेपाल नागरिक उड्डयन […]

उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर

८ कात्तिक,काठमाडौं । रामेछापमा वामपन्थी गठबन्धन बिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरु अन्ततःपछि हटेका छन् । पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि उम्मेदवारी फिर्ता लिन तीनैजना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेका छन् । टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी […]

बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए

२९ मंसिर, काठमाडौं । गत मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट फोन आयो । सचिवालयका एक सदस्यले भने, ‘विनोदजी हामी भोलि तपाईंको जिल्ला दाङ जाँदै छौं, तपाईं पनि हिँड्नुस् ।’ ‘कार्यक्रम के हो ?’ मैले सोधें ‘तपाईंकै गाउँमा जाने राप्ती पुलको शिलान्यास,’ उनले जवाफ दिए । राप्ती नदीमा पुल बन्ने कुराले मन खुसी भयो । किनकि […]

सुत्केरी व्यथाले थला परेकी आइतमायाको हेलिकप्टरबाट उद्धार

१७ कात्तिक, गोरखा । तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए । आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । […]

मन्त्री सवार हेलिकोप्टरले काठ उडाउँदा ९० वर्षीय वृद्ध घाइते

१५ भदौ, काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब डेढ सय  किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेस्थित नवनिर्मात भवन उद्घाटन गर्ने मन्त्री गौचन एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर पुगेका अाजको अन्नपूर्णमा समाचार छ । उनी मङ्गलबार दिउँसो साढे एक […]