+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

हिउँमा फसेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिँदै   

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १६:५२

२३ फागुन, जुम्ला । हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका ८ जनालाई हेलिकोप्टरबाट उद्धार गरिने भएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईँले उनीहरूको उद्धार गर्न हेलिकोप्टर जुम्ला आउने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हेलिकोप्टर जुम्ला  सदरमुकाम आएपछि लोकेशनको जानकारी दिएर पाटन पठाउने जानकारी दिए ।

घरबाट लगेको खाना सकिएको र घर फर्कन पनि नसकेको भन्दै उनीहरुले उद्धारको आग्रह गरेका थिए ।

उनीहरुले उदृत गर्दै घिमिरेले भने, ‘हिउँ धेरै आएको छ । हामी गत फागुन १८ गते घरबाट पाटन गएका थियौं। बस्ने स्थान पनि राम्रो नभएकाले अहिले गिडिदहको सिरान बजेडी पाटनको माथि छौं,  खाना सकिएकोले उद्धार गर्न पानमा रहेका अत रावतले अनुरोध गर्नुभयो ।’

तातोपानी ७ बारागाउँका ५ महिला र तातोपाानी ८ मछालदेउगाउँका २ पुरूष एक महिला गरि ८ जना फसेका छन् ।

उनीहरुसँगै गएका तातोपानी ७ बारागाउँकै पदम रावत १८ गते हिउँ पर्न थालेपछि  फर्केका थिए । ठाउँ पत्ता लगाउन रावतलाई नै लिएर हेलिकोप्टर जाने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?