Comments Add Comment

सीके राउतलाई पक्रेर सरकारले गम्भीर गल्ती गर्‍यो : बाबुराम

२९ भदौ, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सीके राउतलाई पक्राउ गरेर सरकारले गम्भीर गल्ती गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले राउतलाई तत्काल रिह ागर्न समेत माग गरेका छन् । भट्टराईले ट्वीट गर्दै भनेका छन्-‘सी के राउतकेा विचारसँग हामी सहमत हुन सक्दैनौं तर, उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ । उनलाई तुरुन्तै रिहा गरियोस् ।’

यसअघि पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना लगायतले विज्ञप्ति जारी गरेर राउतलाई रिहा गर्न गरेका थिए । यस्तै माओवादीको मधेसी मोर्चाका प्रमुख रामकुमार शर्माले पनि राउतलाई पक्राउ गरेर समाजिक सद्भाव खल्बल्याउन खोजेको बताएका थिए ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएका राउतलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment