Comments Add Comment

देश टुक्रयाउने माग राख्ने डा. राउत पक्राउ

dr-ck-raut-pr

२९ भदौ, काठमाडौ । भावी संविधानमा देश टुक्रयाउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउदै आएका डा.सिके राउत पक्राउ परेका छन् । सामाजिक सद्भाव विग्रने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिवार दिउँसो मोरङ् प्रहरीले पक्राउ गरेको हो ।

मोरङ्को रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता विग्रने आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा.राउतलाई पक्राउ गरेको स्रोत बताउँछन, नयाँ पत्रिका दैनिकमा खबर छ ।

मोरङ् प्रहरीका डीएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टी गरे । ‘सामाजिक गतिविधि विगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ उनले भने ।

यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत डा.राउतले ‘राज्यसँग छुट्टनि पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए । समिति संयोजक डा.बाबुराम भट्टराईर्ले राय-सुझावका लागि गत ५ भदौमा राखेको वैठकमा राउतले यस्तो सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment