Comments Add Comment

पाँच विकास क्षेत्रलाई प्रदेश बनाए हुन्छ : विद्या भण्डारी

नवराज पथिक

३० साउन, रामेछाप । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन सुझाव दिएकी छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

एमाले रामेछापले शनिबार आयोजना गरेको पर्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै भण्डारीले भनिन्-‘विगतमा संघीयताबारे कुरै नबुझी १२/१५ प्रदेशका कुरा गरेका कारण अहिले समस्या अयो । सबैको मागलाई हेर्दा हिजोका पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउँदा उचित हुने देखियो ।’

तर, राजनितिक दलहरुबीच सहमति भइसकेकाले तत्काललाई अब ६ प्रदेश कायम हुने उनले बताइन् । ‘६ प्रदेशबाट घटाएर ५ प्रदेश हुन सक्छ । तर अब प्रदेश बढाउने कुरा हुनै सक्दैन’ उनले भनिन्-‘पहिला मधेसको मात्र कुरा गर्नेहरु अहिले पहाड पनि चाहियो भन्दैछन् । संघियताको बारेमा नेताहरुले भर्खरै बुझ्दैछन् ।’

एमाले उपाध्यक्ष भण्डारीले अबको एक डेढ हप्तामा संविधान आउने र त्यसपछि आर्थिक विकासको गति लिने दाबी गरिन् ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य अरुण नेपाल, माधव ढुङ्गेल, देवशंकर पौडेल, एमाले नेता कैलाश ढुङ्गेल लगायतका नेताले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment