१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
केन्द्रीय मूख्यालय च्यासलमा आइतबार दिउँसो वान अन वान वार्ता भएको हो । सवा घण्टा जति भएको भेटवार्तामा पार्टी कार्यक्रम, संगठनात्मक गतिविधि, आसन्न निर्वाचन लगायतबारे छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार अध्यक्ष ओलीले छलफल गर्ने भन्दै भण्डारीलाई गुण्डुमा बोलाएका थिए । तर, भण्डारीले च्यासलमा भेट्ने भनेपछि दुवै नेताबीच पार्टी केन्द्रीय कार्यालयमा भेट भएको हो ।
सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ नेताको हैसियतमा अध्यक्ष ओलीसँग पार्टी निर्णयहरूमा विशेष चासो राख्दै आएकी छन् ।
प्रतिक्रिया 4