Comments Add Comment

काबुलमा अर्को आत्मघाती विष्फोट, ४० जनाको मृत्यु

१६ असार, काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक भएको आत्मघाती आतंककारी बम विष्फोटमा ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस प्रहरी अधिकृतहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Afgan Army
आक्रमण बढेपछि परिचालित अफगान प्रहरी । तस्वीर: एपी

काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा प्रहरी अधिकृतहरु चढेको गाडीमाथि दुई बम विष्फोट गराइएको थियो ।

पागमान डिस्ट्रिक्टका गभर्नर हाजी मोहम्मद मुसा खानले विस्फोटमा थुप्रै व्यक्तिहरु घाइते भएको बताए ।

बम विष्फोटको जिम्मेवारी तालिवानले लिएको छ । हालै मात्र काबुलमा नेपाली सुरक्षा गार्डहरु चढेको बसमा तालिबानी आतंककारीले आत्मघाति विष्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment