Comments Add Comment

को हुन् डोनाल्ड ट्रम्प ? जान्नुहोस् पाँच कुरा

donald-trump

मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा धेरैको अनुमानलाई गलत सावित गर्दै अमेरिकी जनताले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई रोजेको देखिएको छ ।

डेढ वर्षअघिसम्म धेरै अमेरिकीले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्छन् भनेर सोचेका पनि थिएनन् । तर, उनी अहिले उम्मेदवार मात्र होइन अमेरिकी राष्ट्रपतिमा निर्वाचित नै भइसके । पढ्नुहोस् ट्रम्पसँग सम्बन्धित पाँच रोचक कुराः

१. डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेडले कुलतका कारण ज्यान गुमाए ।

२. ट्रम्पको सुनौलो कपालको निकै चर्चा हुने गरेको छ । भनिन्छ उनले आफ्नो कपाललाई ब्लो ड्राइ गरेर पछाडिसम्म कोर्ने गर्छन् । २००७ मा वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एक-एक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे ।

३. ट्रम्पले रक्सी नपिए पनि सन् २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो ।

४. आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९ मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो ।

५. २०१६ मा फोर्ब्स  म्यागजिनले जनाएअनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको फोर्ब्स ले सन् २०१६ मा अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment