+
+

ज्योति भवनमा आगलागी (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ८:१९

१४ भदौ, काठमाडौं । मुलुकको प्रतिष्ठित औधोगिक घराना ज्योति समुहको काठमाडौं जमलस्थित ज्योति भवनमा आज आगलागी भएको छ । आगलागीबाट भवनमा रहेको नेपाल बैंक लिमिटेडको शाखा पूर्ण रुपमा क्षति भएको छ भने ग्राण्डी सिटी क्लिनिकमा सामान्य क्षति पुगेको छ । नेपाल बैंकको शाखाबाट विहान करिव ८ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणमा ल्याउन झण्डै डेढ घण्टा लागेको थियो ।
एक्कासी आगालागी भएपछि क्लिनिकमा रहेका ४ जना नर्सहरुलाई सकुसल बाहिर निकालिएको थियो । सम्भावित क्षतीबाट जोगाउन भवनमा रहेका हिरो र होण्डा ब्राण्डका मोटरसाइकल तथा स्कुलर बाहिर निकालिएको थियो । मोटरसाइकल भएको शो-रुममा भने कुनै क्षति भएको छैन् । केन्द्रीय प्रसारणको विद्युत लाइन बन्द हुनासाथ आगलागी सुरु भएको हुनाले यूपीएस पडि्कएको हुनसक्ने सुरक्षा गार्डहरुले बताए । fire1
आगलागी हुनासाथ सुरक्षा गार्डहरुले दमकल बोलाएको हुनाले भवनमा धेरै क्षति हुन पाएन् । काठमाडौं उपत्यकामा रहेका जुद्ध बारुण यन्त्रका ३, ललितपुर उपमहानगरको १, भक्तपुर नगरको १, प्रहरीको १ र सेनाको १ दमकलले आगोलाई नियन्त्रणमा ल्याएका थिए ।
आगलागीको कारण थाहा हुन नसकेपनि बैंकमा रहेको युपिएस पडि्कएर आगालागी भएको हुन सक्ने ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ प्रालिका निर्देशक शौरभ ज्योतिले बताउनुभयो । पहिलो तल्लामा आगालागी भएपनि अन्य तलामा रहेका कोठाहरु पनि धुवाँले भरिएको स्याकार टे्रडिङकी मार्केटिङ प्रमुख सिर्जना ज्योतिले जानकारी दिनुभयो । आगो नियन्त्रणमा आएपनि अफिका रुमहरुमा धुवाँ भरिएका कारण काम गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई थियो ।
आगलागीले प्रभाव नपारेका भवनकै अन्य अफिसमा भने काम सुचारु भइसकेको छ । आगलागीबाट बैंक क्षतिग्रस्त भएपनि ज्योति समुहको भने धेरै क्षति नभएको अध्यक्ष पद्य ज्योतिले बताउनुभयो । आगो नियन्त्रणमा ल्याउन स्थानिय बासिन्दा र प्रहरीले ठूलो मेहनत गर्नुपरेको थियो । आगलागीबाट के-कति क्षति भयो बाहिर आइसकेको छैन् ।

fire2

fire3

2

3

4

5भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?