१६ भदौ, लहान । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधानसभाको निर्वाचनमा मधेशवादी दलसँग सहकार्य हुने बताउनुभएको छ ।तराई मधेश लोकतान्त्रिक पार्टी सिरहाद्वारा लहानमा आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेशी जनताको भावना र चाहना बमोजिम संविधानसभाको निर्वाचनमा मधेशवादी दलहरुसँग सहकार्य गरी मधेशको मुद्दामा लड्ने बताउनुभयो ।
मङ्सिर ४ गतेका लागि घोषित निर्वाचनमा नेकपा-माओवादीलगायत असन्तुष्ट दलहरुको मोर्चालाई पनि सामेल गराउने प्रयास भइरहेको जानकारी दिँदै उहाँले त्यसो नभए सैद्धान्तिक द्वन्द्वले विस्फोटक रुप लिनसक्ने औँल्याउनुभयो । विघटित संविधानसभामा सहमति भएका विषयलाई कायम राखेर असहमत विषयमा सहमति गरी आगामी संविधानसभाले छिटो संविधान जारी गर्नुपर्ने भएकाले त्यसप्रति सबै दल गम्भीर बन्नुपर्नेमा अध्यक्ष ठाकुरको जोड थियो । रासस
प्रतिक्रिया 4