Comments Add Comment

अनामनगरमा टेलिकमको गाडीमा आगजनी

६ असोज, काठमाडौं । काठमाडौंको अनामनगरमा आइतबार दिउँसो युवाहरुको एक समूहले नेपाल टेलिकमको गाडीमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा आएका ३/४ जनाको समूहले बा १ ञ ९३६ नम्बरको गाडीमा गोडफोड गर्नुका साथै पेट्रोल छर्किएर आगजनी गरेको छ । गाडीमा चालक सरद श्रेष्ठ र वरिष्ठ इन्जिनियर नारायण काफ्ले थिए ।

agolagi

युवाहरुको समूहले तोडफोड गर्न थालेपछि श्रेष्ठ र काफ्लेले भागेर ज्यान जोगाएका छन् । त्यसक्रममा चालक श्रेष्ठको हातमा पोलेको छ । आगजनीबाट गाडीको अगाडीको भागमा क्षति पुगेको छ । आगजनी गर्ने युवाहरुको खोजी भइरहेको अनामनगर प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment