+
+
Shares

नेपाल र भियतनामका चेम्बरबीच सहकार्य गर्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते ११:०८

६ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र नेपाल भियतनाम चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजबीच दुई देशिय व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

नेपालका लागि भियतनामका नवनियुक्त राजदुत फाम सान्ह चाउको सम्मानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल भियतनाम चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीजद्धारा संयुक्त रुपमा आयोजित स्वागत समारोहमा दुबै चेम्बरका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।

बिद्यमान आपसी मैत्री पूर्ण सम्वन्धलाई थप सुदृढ गर्न दुइ मुलुकबीचको व्यापार लगानी तथा पर्यटन प्रवर्द्धनमा जोड दिनु पर्ने बताए ।

सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले द्धिपक्षीय व्यवसाय प्रवर्द्धनका लागि धेरै सम्भावना भएको बताए । उनले लुम्बिनी अन्तर्राष्ट्रिय बिमान स्थलको संचालन पश्चात भियतनामबाट सिधा हवाइ सम्पर्क स्थापना हुन सकेमा पर्यटन प्रवर्द्धनमा थप वृद्धि हुने उनले बताए ।

उक्त अवसरमा नेपालका लागि भियतनामी राजदूत फाम सान्ह चाउले नेपाल र भियतनाम वीच साझा संस्कृति तथा समान ऐतिहासिक धरोहर भएको कुरा बताउदै नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको चर्चा गरे ।

तर लगानी प्रवर्द्धनका लागि सामाजिक तथा राजनीतिक सुनिश्चितता हुनु पर्ने कुरा बताए । भियतनामले हाल आर्थिक समृद्धिमा ठूलो उपलव्धी हाशिल गरेको र नेपाल र भियतनाम वीच व्यवसाय द्धिपक्षीय व्यापार वृद्धिको अति ठूलो सम्भावना भएको बताऐ । आफ्नो कार्यकाल निजी क्षेत्र मैत्री हुने व्यक्त गर्नु हुदै आपसी व्यापार लगानी तथा पर्यटन प्रवर्द्धनमा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?