+
+
Shares

गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १०:२८
फाइल तस्वीर

१० असोज, काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।

गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन गरिएको छ। ब्यारेजको तल्लो तर्फ पनि २ लाख ७३ हजार ६ सय क्युसेक पानीको बहाव रहेको छ।

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ।

यसैबीच, नेपालतर्फ देवघाटमा बिहान ८:३५ बजे ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। देवघाटको बहाव बढ्दो क्रममा रहेको विवरणमा उल्लेख छ।

देवघाटमा मापन भएको पानीको बहाव गण्डक ब्यारेजतर्फ समेत प्रभाव पार्न सक्ने भएकाले ब्यारेज र तल्लो तटीय क्षेत्रमा पानीको सतह तथा बहाव थप बढ्न सक्ने अवस्था रहेको छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदीको बहाव र जलस्तरमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरिएको छ।

२०८० साल साउन २९ गते पनि २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह हुँदा ब्यारेजका ३६ वटै ढोका खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?