+
+

संसारबाट लोप भए नीलो छाला भएका मान्छे

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ९ गते १७:२६

मान्छेको छाला कि त गोरो हुन्छ, कि त कालो वा गहुँगोरो पनि । तर संसारमा एक जना यस्ता व्यक्ति थिए जसको छाला निलो थियो ।

अमेरिकाका पाउल कारासन विश्वमा निलो छाला भएका एकमात्र मान्छे थिए । जसको सोमबार निधन भएपछि यो दुनियामा अब निलो छाला भएको मान्छेको अस्तित्व समाप्त भयो ।

blue man1

पाउल कारासनको ६२ वर्षको उमेरमा वासिंटन अस्पतालमा निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनी न्यूमोनियाबाट पनि ग्रसित थिए ।

धेरै वर्षअघि देखि उनी संसारको निलो छालावाला एकमात्र मान्छेको रुपमा चर्चित थिए । उनको छाला जन्मजात नै निलो भएको भने होइन । उनको सरीरको सबै छाला निलो भएकेा होइन की अनुहारको छाला मात्र निलो थियो । वास्तवमा अनुहारको छालामा घाउ खटिरा आएपछि त्यसलाई निको पार्न उनले एक हानिकारक धातुजन्य झोल अनुहारमा लगाएपछि त्यसको साइड इफेक्टका कारण उनको अनुहारको छालाको रङ निलो भयो ।

blue man 2

सन् २००८ मा एक टेलिभिजन च्यानलमा अन्तरवार्ता दिएसँगै उनको चर्चा ह्वात्तै बढ्यो र उनी सेलिब्रेटी बने । उनी पापा मर्फ उपनामले चर्चित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?