 
																			६ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर सोमबार ग्रीसतर्फ प्रस्थान गरेका छन् । एथेन्समा हुन लागेको ३८ औं ‘इन्टरनेश्नल इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिनेश आचार्य समेत उनीसँगै भ्रमण टोलीमा छन् । सम्मेलन ८ देखि १० असोजसम्म चल्नेछ ।
आईजीपी कुँवरको विदाइ गर्न प्रहरी उच्च अधिकृतहरु विमानस्थल पुगेका थिए ।
उनी ग्रीसमा रहेका बेला एआईजी टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक नेतृत्व सम्हाल्ने नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4