३१ वैशाख, काठमाडौं । विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि केही विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले भने उभिएर विरोध जनाइरहेका छन् । तर अर्थमन्त्री वाग्लेले जवाफ दिइरहेका छन् ।
विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दैआएका थिए । तर, अन्तिममा प्रधानमन्त्री बालेन आउन चाहेनन् । यस्तोमा सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।
प्रतिक्रिया 4