३१ वैशाख, काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभा बैठक पेलेर अगाडि बढाएपछि नेकपा एमालेले पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्ने माग विपक्षीहरुले राख्दै आएका थिए । तर अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिएका छन् ।
अर्थमन्त्री वाग्लेले जवाफ दिन थालेपछि विपक्षी नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बहिष्कार गरेका थिए । केही समयपछि एमालेका सांसदहरुले पनि बैठक बहिष्कार गरेका छन् । नेपाली कांग्रेसका सांसदहरुले भने उभिएर विरोध गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4