+
+
Shares

संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध (तस्वीरहरू)

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख ३१ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा विपक्षी ४ दलले संसद् बहिष्कार गरेका छन् भने नेपाली कांग्रेसले विरोध जनाएको छ।
  • प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि प्रश्नको जवाफ दिन नआएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्ले जिम्मेवारी पाएका छन्।
  • नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बहिष्कार गरेका छन् भने कांग्रेसले अवरोध गर्‍यो र केही सांसद बैठक छोडेर बाहिरिएका थिए।

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ ।

सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहनै उपस्थित हुनुपर्ने विपक्षीको माग थियो । तर प्रधानमन्त्रीले आफ्नोतर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्री सदनमा नआएको भन्दै नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बहिष्कार गरेका हुन् । कांग्रेसले भने अवरोध गर्‍यो । कांग्रेसका केही सांसदहरू भने बैठक छोडेर बाहिरिएका थिए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहितका नेताहरू भने उठेर विरोध जनाइरहे ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?