Comments Add Comment

शिरीषद्वारा राष्ट्रिय कीर्तिमान कायम

११ असोज, काठमाडौं । नेपाल प्रहरी क्लबका शिरीष गुरुङले तेश्रो एनएसए नेपाल आइस पौडी प्रतियोगिताको खुलातर्फ पुरुष २ सय मिटर व्यक्तिगत मिड्लेमा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा शिरीषले निर्धारित दूरी २ मिनेट ३०.२५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान रचेका हुन् । उक्त स्पर्धामा शैलेश राणाको नाममा २ मिनेट ३१.८७ सेकेन्डको कीर्तिमान थियो । उनले छैटौं राष्ट्रिय खेलकुदमा उक्त कीर्तिमान बनाएका थिए । होली गार्डेनका देवेश मानन्धर दोश्रो तथा नेपाली सेनाका जनक राई तेश्रो भए ।

कीर्तिमानी स्वर्णका अलावा शिरीषले थप ३ स्वर्ण पनि हात पारे । उनले खुलातर्फ पुरुषको १ हजार ५ सय मिटर पि|mस्टायल २० मिनेट ५७.९७ सेकेन्ड, १ सय मिटर व्याकस्ट्रोक १ मिनेट १५.३० सेकेन्ड तथा २ सय मिटर बटरफ्लाइ २ मिनेट ३३.३२ सेकेन्डमा पूरा गर्दै थप तीन स्वर्ण जितेका हुन् ।

पि|mस्टायलमा सेनाका चित्रबहादुर पौडेल दोश्रो र सेनाकै बेसन क्षेत्री तेश्रो, ब्याकस्ट्रोकमा धुम्बाराही स्विम क्लबका मिराज प्रजापति दोश्रो र जयन्तप्रकाश गुरुङ तेश्रो तथा बटरफ्लाइमा सेनाका कविन्द्र थापा दोश्रो र जयन्त तेश्रो बने ।

नेपालमै पहिलोपटक आयोजना गरिएको महिला खुलातर्फ १ हजार ५ सय मिटर पि|mस्टायलमा लिङ्कनकी अदिती धिताल पहिलो भइन् । अदितीले २२ मिनेट ४३.८४ सेकेन्ड समय खर्चिन । सेनाकी यमकुमार घले दोश्रो र सेनाकै केशरी थापा मगर तेश्रो भए ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ महिलाको १ सय मिटर ब्याकस्ट्रोकमा जेभियर एकेडेमीकी शिला गुरुङ १ मिनेट ३०.०० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । लिटिल एन्जल्सकी जितज्वाली महर्जन दोश्रो र पाठशाला नेपाल फाउन्डेसनकी रशिका पौडेल तेश्रो भए ।

महिलाको खुला ५० मिटर ब्रेस्टस्ट्रोकमा सेनाकी सोनिरा विष्ट पहिलो भइन् । निर्धारित दूरी तय गर्न सोनिराले ४१.२६ सेकेन्ड समय लगाइन् । सोनिराकी बहिनी सब्बु दोश्रो र पाठशालाकी रशिका तेश्रो स्थानमा रहे ।

पुरुषको खुला ५० मिटर ब्रेस्टस्ट्रोकमा धुम्बाराहीका मिराज प्रजापतिले शीर्ष स्थान ओगटे । उनले ३६.३५ सेकेन्ड समय निकाले । बाबा बोर्डिङ हाइ स्कुलका किरण कार्की दोश्रो तथा सेनाका रिपेश चौधरी तेश्रो भए । मिराजले ५० मिटर पि|mस्टायलमा पनि स्वर्ण चुमे । उनले २८.२६ सेकेन्ड समय खर्चे । होली गार्डेनका देवेश मानन्धर दोश्रो र जयन्तप्रकाश गुरुङ तेश्रो भए ।

महिलाको खुला ५० मिटर पि|mस्टायलमा लिङ्कनकी सोफिया शाह ३०.५२ सेकेन्ड समयसाथ पहिलो भइन् । जेभियरकी शिला गुरुङ दोश्रो तथा पाठशालाकी रशिका पौडेल तेश्रो भए ।

तीनदिने प्रतियोगितामा खुलातर्फ २३ पुरुष र १२ महिला तथा उमेरसमूहमा ७१ पुरुष र ५२ महिला खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment