Comments Add Comment

त्रिभुवन विमानस्थलमा यात्रुको सुन चोरेको आरोपमा ट्याक्सी चालक पक्राउ

Photo Credit : नेपाल प्रहरी

५ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्याक्सी चालक सिन्धुली घर भइ भक्तपुरको चाँगुनारायण बस्दै आएका राजन बुढाथोकी छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सोमबार राति श्री एयरलाइन्सको विमानमार्फत बिराटनगरबाट काठमाडौं आएका गजेन्द्र शर्माले गरगहना भएको लेडिज ब्याग हराएको उजुरी दिएका थिए ।

उजुरीमाथि छानबिनका क्रममा विमानस्थलको सीसी टीभी फुटेज हेर्दा बा १ ज ७६०८ नम्बरका ट्याक्सी चालक बुढाथोकीले ब्याग लगेको देखिएको थियो ।

लगत्तै, उनलाई पक्राउ गरेर सुनका गहनाहरु मंगल सुत्र दुई वटा, झुम्का एक जोडी, बाला दुई वटा, औंठी, हार, टप, चुरी लगायत १÷१ वटा गहनासहित आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment