Comments Add Comment

दशैंमा डिलक्स तथा सुपर डिलक्स बस सञ्चालन

२० असोज, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वसाधारण यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सुविधा सम्पन्न ५ सयवटा डिलक्स बस र सयवटा एयर कन्डिसनसहितको सुपर डिलक्स बस सञ्चालनमा ल्याएको छ ।

यात्रुहरुले डिलक्स बस प्रयोग गरेवापत सामान्य गाडीको भाडा दरभन्दा २० प्रतिशत र सुपर डिलक्स प्रयोग गरेवापत सामान्य भाडा दरको ४० प्रतिशत बढी शुल्क तिर्नुपर्नेहुन्छ । फूलपातीपछि यात्रुको चापलाई हेरेर आवश्यकताअनुसार गाडी थप गरिने महासङ्घले जनाएको छ ।

महासङ्घले दसँैका लागि अहिलेसम्म करिव ७ लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताएको छ । यही असोज १ गतेदेखि कलङ्की, बल्खु, कोटेश्वर र माछापोखरीको नाकाबाट ती यात्रु गन्तव्यमा पुगेको महासङ्घका महासचिव डोलनाथ खनालले बताउनुभयो । उहाँकाअनुसार मुलुकका विभिन्न भूगोलबाट काठमाडौँ उपत्यकाभित्र आई बसोबास गरेका सर्वसाधरण यात्रु दसँैका लागि टिका लगाउन बाहिर जाने क्रममा अहिले यात्रुको अत्याधिक चाप रहेको र षष्टीसम्मका लागि अझै ५ लाख यात्रुको टिकट बुकिङ भइसकेको छ । यसवर्ष १३ देखि १४ लाख मानिस बाहिरिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment