Comments Add Comment

तीन दिन वर्षाको सम्भावना

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको विभिन्न भागको मौसममा बदली आएको छ । मौसमविदका अनुसार, यो क्रम अझै केही दिन चल्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार, बिहीबार र शुक्रबार तीन दिन पहाडी तथा मध्यपहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यी क्षेत्रमा तीनै दिन अपराहृनपछि मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।

नयाँ प्रणाली विकास नभए पनि प्रि-मनसुनका कारण देशका पहाडी क्षेत्रको मौसम प्रभावित भएको मौसमविद्हरूको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मंगलबार भएको वर्षाले गर्मी भइसकेको मौसम पनि केही चिसिएको छ । यद्यपि, बुधबार बिहानको मौसममा भने सुधार देखिएको छ । अहिले यहाँ घाम लागिरहेको छ ।

यस वर्षको प्रि-मनसुन सुरू भइसकेको छ । नेपालमा अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रि-मनसुनको अवधि मानिन्छ ।

मौसमविद् सुवास रिमाल मनसुनको स्वभाव नै बिहान र दिउँसो घाम लाग्ने र साँझ वर्षा हुने बताउँछन् ।

यो बेला स्थानीयस्तरमा विकसित जलवाष्पको कारण बादल बन्ने, चट्याङ पर्ने, हावा हुरी चल्ने र सानो ठाउँमा केही क्षणमात्र पानी पर्ने मौसमविदको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment