Comments Add Comment

हामी अझै बढी एकतावद्ध हुन जरुरी छ : प्रधानमन्त्री ओली

सरकारसँगै समृद्धिको यात्रामा अघि बढ्न आग्रह

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न आग्रह पनि गरेका छन् ।

होलीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्षमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले फागु पूर्णिमा (होली)ले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सदभाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको सबैलाई स्मरण पनि गराएका छन् ।

उनले सन्देशमा लेखेका छन्, ‘नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एकपटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपालीको स्मरण गर्न चाहन्छु ।’

यो पनि पढ्नुहोस होलीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना : राष्ट्रिय एकता बलियो होस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment