Comments Add Comment

रुखको हाँगाले लागेर एकको मृत्यु

२४ मंसिर, पाँचथर । पाँचथरको नवमिडाँडामा रुखको हाँगाले लागेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर नवमीडाँडा ४ नर्कटेका ३४ वर्षका भुमिचन्द्र सञ्जेल रहेको प्रहरीले जनाएको छ । आइतवार दिउँसो उतिसको गोलिया काट्न घर नजिकै वल वहादर श्रेष्ठको वारीमा गएका सञ्जेलको रुखको हाँगाले लागेरर घाइते भएपछि उपचारको लागी सदर मुकाम ल्याउने क्रममा वाटोमै मृत्यु भएको थियो । पोष्ट मार्टम पछि उनको शवलाई परिवारको जिम्मा लगाईएको पाँचथर प्रहरीले जनाएको छ ।

आगलागीवाट एक घर जलेर नष्ट

यसैबीच पाँचथर भारपा ३ का यामनाथ नेपालकेा घर जलेर नष्ट भएको छ । आइतबार राति अचानक आगलागी हुँदा नेपालको घरमा राखिएको अन्नपात लताकपडा सुन चाँदि लगायत लाखौंको क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment