Comments Add Comment

वृद्ध दम्पतीले बनाए प्रतीक्षालय

२४ मंसिर, सोलुखुम्बु । केरुङ-१ सोलुखुम्बुका वृद्ध दम्पतीले करिब एक लाख ५० हजार रुपैयाँको लगानीमा प्रतीक्षालय बनाएका छन् ।

केरुङ-१ निवासी ७५ वर्षका डम्बरसिंह थापामगर र उहाँकी श्रीमती ७३ वर्षकी विष्णुमाया थापामगरले निजी लगानीमा केरुङ-१ पिरिङदिङमा बिसाउने चौतारीसहित छानो भएको प्रतीक्षालय बनाउनुभएको हो ।

मूलबाटो भएको र त्यहाँबाट हिँड्दा उकालोमा थकान हुने भएकाले विश्रामका लागि आफूहरुले प्रतीक्षालय बनाएको डम्बरसिंह थापामगरले जानकारी दिनुभयो ।

केरुङमा समाजसेवीका रुपमा कहलिएका वृद्ध दम्पतीले यसअघि सिसाखोला निमाबीमा अक्षयकोष स्थापना गरी गरिब विद्यार्थीलाई नियमित छात्रवृत्ति प्रदान गरिरहनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment