Comments Add Comment

राष्ट्रपतिद्वारा नेतासँग परामर्श तीव्र

२२ पुस, काठमाण्डौ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको बैठक बोलाउने विषयमा नेताहरूसंगको परामर्श जारी राखेका छन् । राष्ट्रपति यादवले  सोमवार  संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईसँग राष्ट्रपति निवास शीलत निवासमा परामर्श गरेका हुन् । 

भेटपछि अध्यक्ष राईले राष्ट्रपतिबाट नै बैठक बोलाउने अन्तर्राष्ट्रिय प्रचलन भएपनि सो मुद्दा हाल अदालतमा विचाराधीन भएकाले आफूले कुनै सुझाव नदिएको बताए । उनले छिटोभन्दा छिटो विवाद टुङ्ग्याएर संविधानसभाको बैठक सुचारु गर्न राष्ट्रपतिले ध्यानाकर्षण गर्नुभएको उल्लेख गरे ।

संविधानसभाको बैठक राष्ट्रपतिले वा प्रधानमन्त्रीले कसले बोलाउने हो यस विषयमा सहमति हुन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । राष्ट्रपति डा यादवले हिजो पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतका साना दलका नेतासँग भेटवार्ता गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment