Comments Add Comment

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघको अध्यक्षमा भट्ट निर्वाचित

१६ चैत, कैलाली । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा चिरञ्जिवी भट्ट निर्वाचित भएका छन् ।

महासंघको १४ चुनावी वार्षिक साधारण सभामा प्रतिस्पर्धी मदन कुँवरलाई १८ मतले पराजित गर्दै भट्ट आगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टले १ सय २८ मत प्राप्त गर्दा कुँवरले १ सय १० मत पाएका थिए । कुँवर निवर्तमान अध्यक्ष थिए ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर चन्द तथा उपाध्यक्षद्वयमा छत्र बहादुर भण्डारी र गंगाबहादुर शाह निर्वाचित भएका छन् । भण्डारी र शाहले कृष्ण बहादुर साउँद र मदन मोहन विष्टलाई पराजित गरे ।

यसैगरी महासंघको महासचिवमा लक्ष्मण स्वाँर विजयी भएका छन् । स्वाँरले १ सय ५१ मत प्राप्त गर्दा उनका प्रत्यासी कम्लेश कपाडीले ८५ मत मात्रै प्राप्त गरे ।

महासंघको कोषाध्यक्षमा आश बहादुर गुरुङ्ग भने निर्विरोध निर्वाचित भए । त्यस्तै महासंघको सदस्यमा निर्विरोध निर्वाचित हुनेहरुमा लक्ष्मण साउँद, आएंग दावा शेर्पा, शुत्रघन सिंह र निरंजन शाह रहेको निर्वाचन कमिटी संयोजक अधिवक्ता विर बहादुर जेठाराले जानकारी दिए ।

यसैगरी संघको अन्य पाँच सदस्यका लागि भएको निर्वाचनमा गणेश खड्का, ललित चन्द, रविन्द्र प्रताप सिह, दर्शन खड्का, भक्त बहादुर वोगटी निर्वाचित भएका छन् । पाँच जना सदस्यका लागि १४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment