Comments Add Comment

लगानी सम्मेलनमा उद्योगमन्त्री उपेक्षित, स्क्रिनमा हेरे उद्घाटन समारोह

१५ चैत, काठमाडौं । लगानी सम्मेलनको तयारीका क्रममा ‘छायाँ’मा परेका उद्योगमन्त्री मात्रिका यादव भब्य उद्घाटन समारोहमा पनि मन्त्रीहरुको लाइनमा थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा मञ्चमा थिए भने अरु मन्त्री अग्रसनमा थिए । तर, उद्योगमन्त्री त्यहाँ थिएनन् । उनी कार्यक्रम स्थलमा नपुगेका होइनन् । सिट नपाएपछि झोक्किएर कार्यक्रमको हलबाटै बाहिरिएका रहेछन् ।

उद्योगमन्त्री कहाँ छन् भनेर खोज्दा यादव स्क्रिनमा उद्घाटन समारोह हेर्न मिल्ने गरी बनाइएको हलको अन्तिम लहरमा बसिरहेका भेटिए । आफूलाई बेवास्ता गरिएकोमा उनी असन्तुष्ट रहेको प्रष्टै देखिन्थ्यो तर, पत्रकारसामू त्यसलाई पोखेनन् । गफिने क्रममा भने ‘पैसा नहुनेले राजनीति गर्न नहुने रहेछ’ भनेको सुनियो ।

लगानी सम्मेलनमा सहभागी मन्त्रीहरू, जहाँ उद्योगमन्त्री यादवले सिट पाएनन् !

ती उद्योगमन्त्री, यी उद्योगमन्त्री

लगानी सम्मेलनमा उद्योगमन्त्रीको सक्रियता कतिसम्म हुनसक्छ भन्ने बुझ्न २०७३ को लगानी सम्मेलनलाई हेर्दा पुग्छ । नयाँ संविधान जारी भएपछि सुशील कोइराला नेतृत्वको सरकारले लगानी सम्मेलन गर्दा रामशरण महत अर्थमन्त्री र नविन्द्रराज जोशी उद्योगमन्त्री थिए । सम्मेलनमा जोशीको सक्रियता महतको भन्दा बढी थियो ।

तर, यो पटक उद्योगमन्त्री सुरुदेखि नै दृश्यमा छैनन् । सम्मेलनमा मात्र होइन, पूर्व तयारीका क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. खतिवडा आफैं देखिन्थे । कतिसम्म भने सम्मेलन हुनेदेखि तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री यादवलाई देखिएनन् । उनलाई बोलाइएन वा बोलाएर पनि आएनन्, त्यो यादवलाई नै थाहा होला । तर, उनी देखिएनन् ।

सम्मेलन आयोजनाका लागि बनेको निर्देशक समितिको संयोजक अर्थमन्त्री खतिवडा नै रहे । सम्मेलनको एउटा शत्रमा उद्योगमन्त्री यादवले सम्बोधन गर्ने कार्यतालिका बनेको छ । शुक्रबार सवा ३ बजेबाट सुरु हुने ‘औद्योगिक पूर्वाधारको निर्माण र रोजगारी सिर्जनाको अवसर’ विषयक शत्रको सभापतित्व उनले गर्दैछन् ।

लगानी सम्मेलनमा पछाडि बसेका मन्त्री मात्रिका यादव ।

यादव यसअघि नै मन्त्री हुँदा ‘रुखो’ स्वभावका कारण पटकपटक विवादमा परेका थिए । यसपटक त्यस्तो कुनै घटना त भएको छैन तर, निजी क्षेत्रको विश्वास जित्न सकेका छैनन् ।

तर, निजी क्षेत्रसँग जोडिएर काम काम गर्नुपर्ने र लगानीकर्तासँग दैनिक संवादमा रहनुपर्ने उद्योगमन्त्री यादवलाई सम्मेलनको आयोजनामा भूमिका नदिइँदा असुन्तुष्ट देखिएका छन् । मन्त्रालय पुग्ने उद्योगी व्यवसायीलाई कडा शब्दमै जवाफ फर्काउने उनको बानीका कारण पनि उनीप्रति सकारात्मक धारणा बनेको छैन ।

तर, लगानी सम्मेलन गर्दैगर्दा भोलि लगानी भित्र्याउन उद्योग मन्त्रालयको जिम्मेवारीलाई नजरअन्दाज गर्न सकिँदैन । ६ अर्बसम्मको लगानी स्वीकृतिदेखि एकल विन्दु सेवा केन्द्रको व्यवस्थापनसम्मका काम यही मन्त्रालय र मातहतको विभागले गर्नुपर्छ ।

अघिल्लो दिन नै घोचपेच

लगानी सम्मेलन र त्यसक्रममा सरकारले संसदमा पेश गरेको विभिन्न विधेयकहरु तयार पर्ने क्रममा नै प्रधानमन्त्री र मन्त्री यादवबीच मतभेद देखिएको खबरहरु आएका थिए ।

तर, लगानी सम्मेलनको अघिल्लो दिन बिहीबार भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटनका प्रधानमन्त्री र उद्योगमन्त्रीबीच घोचपेच चलेको थियो ।

कार्यक्रमको उद्घाटनमा पुगेपनि प्रधानमन्त्रीले रिवन काटेनन् । सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले मन्त्री यादवतर्फ हेर्दै भनेका थिए,‘धेरै कैँची चलाउन जान्ने मान्छे त उहाँ होइन, तैपनि रिवन काट्ने कामसम्म भने गर्नुस् भनेको छु मैले ।’

सम्बोधनपछि प्रधानमन्त्री हिँडे । तर, उद्योगमन्त्रीले आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई जवाफ फर्काए । ‘राम्रो कामको लागि कैँची चलाउन त जान्नपुर्‍यो, उद्घाटन गर्ने काम पनि कैँचीले नै काट्ने हो’ उनले भने, ‘अर्को कैँचीले पकेट पनि काट्ने हो । राम्रो कामका लागि कैँची चलाउनै पर्छ भन्ने हाम्रो आग्रह हो ।’

यो पनि पढ्नुहोस नेपालको लगानी सम्मेलन, म्यानमारको विज्ञापन ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस मन्त्री मात्रिका यादवले भने : म रिसाएको छैन यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ यो पनि पढ्नुहोस नेपालमा लगानी गर्ने उत्तम समयः परराष्ट्रमन्त्री ज्ञवाली यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस नेपालमा लगानी ल्याउनेले घाटा खानुपर्दैन : सुरज वैद्य यो पनि पढ्नुहोस ‘दक्षिण एशियामा विद्युत बेच्ने अवसर छ नेपाललाई’ यो पनि पढ्नुहोस लगानीका लागि नेपाल स्वच्छ ऊर्जाको पावरहाउस : पूर्वअर्थमन्त्री महत यो पनि पढ्नुहोस मुथुट समूहका अध्यक्षले भने : एयरपोर्टको सत्कारले नै थाहा हुन्छ नेपालको लगानीको भोक यो पनि पढ्नुहोस एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं यो पनि पढ्नुहोस उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार यो पनि पढ्नुहोस लगानी सम्मेलनमा उद्योगमन्त्री उपेक्षित, स्क्रिनमा हेरे उद्घाटन समारोह यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपाल ‘भर्जिन ल्यान्ड’ यो पनि पढ्नुहोस विदेशी लगानीका दुई चुनौती : तरलता र ब्याजदर ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने यो पनि पढ्नुहोस काठमाडौंमा सुरू भो लगानी सम्मेलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment