
News Summary
Generated by OK AI. Editorially reviewed.- र्यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ गीत ‘तिहार’ सार्वजनिक भएको छ।
- गीतमा देउसीभैली भाकालाई हिपहप संगीतसँग मिश्रण गरिएको छ र कवि कविता नेपालीले भिडियोमा अनस्क्रिन रोमान्स गरेकी छन्।
- गीत युट्युब, स्पोटीफाई, एप्पल म्युजिक र अमेजन म्युजिकमा रिलिज भएको छ र युट्युबमा एकदिनमा ६ लाखभन्दा बढीले रुचाएका छन्।
काठमाडौं । र्यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ गीत ‘तिहार’ सार्वजनिक भएको छ ।
देउसीभैली भाकालाई हिपहप संगीतसँग मिश्रण गरिएको यो गीतमा लाउरे आफ्नो र्याप अन्दाजमा प्रस्तुत छन् भने लिम्बु पनि आफ्नो गायकी स्वादमा समावेश छन् ।
कविता नेपालीले भिडियोमा दुबै गायकसँग अनस्क्रिन रोमान्स गरेकी छन् । तपाईं देउसीभैलोको हिपहप ट्रयाकको पर्खाइमा हुनुहुन्छ भने यो गीत तपाईंको लागि प्रिय हुनसक्छ ।
लाउरे र एकदेवको यो कोलाब्रेसनलाई प्रशंसकले रुचाएका छन् । यी दुवैको युट्युब च्यानलबाट सेयर भएको भिडियोलाई एकदिनमा ६ लाखभन्दा धेरैले रुचाएका छन् ।
युट्युबसहित स्पोटीफाई, युट्युब म्युजिक, एप्पल म्युजिक र अमेजन म्युजिकमा समेत गीत रिलिज भएको छ । यो गीतको शब्द, गायन र संगीत लाउरेको छ भने स्वरमा एकदेवको पनि साथ दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4