+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १८:४७

१५चैत, काठमाडौं । नेपालमा लगानी ल्याउन सम्झौता गरिसकेको चिनियाँ कम्पनी हुवाजिन सिमेन्टका उपाध्यक्ष गाङले नेपालमा लगानी भित्र्याउने प्रक्रिया तथा काममा ढिला हुने गरेको भन्दै अन्सतुुष्टी जनाएका छन् । काठमाडौंमा जारी लगानी सम्मेलको एक सत्रमा बोल्दै उनले लगानी ल्याउने प्रक्रियामा ढिलाइ हुने गरेको बताउँदै सरकारलाई त्यतातर्फ ध्यान दिन आग्रह गरे ।

‘बिजनेस गर्न आएकालाई आवश्यक सहयोग गर्नुहोस,’ उनले भने,’ चीनमा धेरै छिटो काम हुन्छ, अन्य देशहरु भन्दा नेपालमा पनि छिटो हुनुपर्छ, विजनस म्यानले सर्भिस चाडो चाहान्छ ।’

उनले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै सरकारमा पनि लगानी ल्याउने आत्मविश्वास देखिएको बताए । तर, नेपालमा लगानीको दर बढाउन ट्रान्समिसन लाइन र सडक पूर्वाधारमा अझै काम गर्नुपर्ने बताए ।

उनले लगानीकर्तालाई सहज वातावरण बनाउन बनाउन सरकारले ध्यान दिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?