+
+
Shares

सी जिनपिङ भेट्न बेइजिङ आइपुगे ट्रम्प, कुन मुद्दामा होला छलफल ?

एयर फोर्स वान चढेर चीनको राजधानी बेइजिङ आइपुगेका ट्रम्पलाई विमानस्थलमा उपराष्ट्रपति हान झेङले स्वागत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको बेइजिङ आइपुगेका छन् र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुई दिने शिखर सम्मेलनमा सहभागी हुँदैछन्।
  • ट्रम्पलाई विमानस्थलमा उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ, जसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई गर्ने विशेष व्यवहारको रूपमा हेरिएको छ।
  • बैठकमा ट्यारिफ, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवान जस्ता प्रमुख मुद्दामा छलफल हुने सम्भावना छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको बेइजिङ आइपुगेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुई दिने महत्त्वपूर्ण शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प बुधबार बेइजिङ आइपुगेका हुन् ।

एयर फोर्स वान चढेर चीनको राजधानी बेइजिङ आइपुगेका ट्रम्पलाई विमानस्थलमा उपराष्ट्रपति हान झेङले स्वागत गरे ।

हान झेङ चीनका शीर्ष नेताहरूमध्ये एक हुन् । ट्रम्पलाई स्वागत गर्न उनलाई पठाउनुलाई चीनले अमेरिकी राष्ट्रपतिलाई गर्ने विशेष व्यवहारको संकेतको रूपमा हेरिएको छ ।

यसअघि, सन् २०१७ मा ट्रम्पको चीन भ्रमणको क्रममा, चीनले उनको स्वागत गर्न अपेक्षाकृत कनिष्ठ नेता, स्टेट काउन्सिलर याङ जीएचीलाई पठाएको थियो।

हान झेङले सन् २०२५ मा ट्रम्पको शपथ ग्रहण समारोहमा पनि भाग लिएकी थिइन् ।

विश्वका दुई शक्तिशाली देशहरू बीचको यस बैठकमा ट्यारिफ, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवान जस्ता प्रमुख मुद्दाहरूमा छलफल हुने सम्भावना छ ।

ट्रम्पले अन्तिम पटक सन् २०१७ मा चीनको भ्रमण गरेका थिए ।

इरान युद्ध, विश्वव्यापी ऊर्जा संकट र अमेरिका-चीन व्यापार युद्धलाई लिएर तनाव चलिरहेको बेला यो बैठक भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?