 
																			१५ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा लगानीका लागि निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई प्रशस्त सम्भावना रहेको बताएका छन् । नेपालमा भएका वाहृय लगानीका र निजी क्षेत्रको लगानीमा सञ्चालित परियोजनाहरु त्यसको उदाहरण भएको उनले बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा लगानी सम्मेलनमा सहभागी भएका महतले विस २०४६ सालको परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गर्न थालिएको स्मरण गरे ।
त्यसयता निजी क्षेत्र र वाहृय लगानीमा नेपालको उर्जा, दूरसञ्चार, हवाई, क्षेत्रमा ठूलो सफलता देखिएको उनले बताए । पछिल्लो दुई दशकको अवधिमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता अनेकन समस्या झेलेको नेपालमा लगानीयोग्य वातावरण बनेको भन्दै उनले सम्मेलनमा उपस्थित लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरे ।
पछिल्लो समयमा मानवविकास सूचाङ्कमा समेत लगातार सुधार गरिएको भन्दै उनले हाल नेपाल केवल १५ प्रतिशतमात्रै गरिबीको रेखामुनी रहेको उल्लेख गरे ।
गरीबी निवारणमा नेपालले नेतृत्व गरेको र दक्षिण एशियामा नै अग्रस्थानमा रहेको उनले बताए । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषणले पनि गरीबी निवारणमा सहयोग गरेको उनले बताए ।
आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै उनले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको बताए ।
शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा दर्जनौं भौतिक पूर्वाधारसँग जोडिएका परियोजना प्रस्तुत गरिएको जानकारी दिँदै उनले सहभागी लगानीकर्तालाई धेरै क्षेत्रमा लगानी गर्न सकिने बताए ।
नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्टिय क्षेत्रमा समेत नेपालीले ख्याती कमाएको भन्दै उनले नेपाल स्वच्छ ऊर्जाको पावरहाउस रहेको उनको भनाइ छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा ऊर्जा आदानप्रदानका लागि सहमति भएको, बङ्गलादेशसँग पनि सहमति भएको तथ्य पेश गर्दै उनले नेपालमा कृषि, जडीबुटी, उच्च मूल्यप्राप्त हुनसक्ने खेतीसमेत गर्न सकिने प्रष्ट पारे ।
 
                









 
                     
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4