 
																			१५ चैत, काठमाडौं । शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनमा विशिष्ट कक्षमा सिट नपाएर दर्शक दीर्घाको अन्तिम सिटमा बसेरै उद्घाटन शत्र हेरका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादवले आफू नरिसाएको बताएका छन् ।
विशिष्ट कक्षमा नै बस्न भनेर गए पनि सिट अभाका कारण आफू खाली भएको सिटमा बसेको भन्दै उनले यसमा रिसाउने कुरै नभएको बताएका हुन् ।
शुक्रबार नै उद्योगसम्बन्धी छलफल भएको शत्रको अध्यक्षतासमेत रहेका मन्त्री यादवले त्यस शत्रमा पनि आयोजकका तर्फबाट दिइएको उपहार अस्वीकार गरेका थिए ।
शत्रको समापनपछि हासीखुसी सभाहलबाट बाहिरिएका मन्त्री यादवलाई किन उपहार अस्वीकार गर्नु भएको ? भन्ने अनलाइनखबरले राखेको जिज्ञासामा उनले भने, ‘म आफै आयोजक हुँ, आयोजक भएका कारण आयोजकले दिएको उपहार नलिएको हुँ अन्यथा केही होइन ।’
यसअघि भएका शत्रहरुमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय मन्त्री वर्षमान पुन र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले उपहार ग्रहण गरेका थिए । अरुले के गरो भन्ने विषयमा आफूले ध्यान नदिएको भन्दै मन्त्री यादवले आयोजक भएका कारण आफूले नलिएको बताए ।
 
                









 
                     
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4