Comments Add Comment

उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार

१५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सम्मेलनमा आयोजकले दिएको उपहार अस्वीकार गरेका छन् । शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनको उद्योग सम्बन्धी शत्रको सभाध्यक्षसमेत रहेका मन्त्री यादवले शत्रको समापन पछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।

आयोजकको तर्फबाट शत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरुलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर मन्त्री यादवले पुरस्कार नलिने भन्दै आफ्नो आसनबाट उठ्न चाहेनन् ।
आयोजकका तर्फबाट उपहार लिएर गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मन्त्रीको आसन नजिकै पुगेर आग्रह गरे ।

एनआरएनए भट्टको आग्रह नमाने पछि मन्त्रालयकी सचिव यामकुमारी खतिवडा लगायतले समेत उपहार ग्रहण गर्न आग्रह गरेका थिए । तर कसैको आग्रहलाई पनि मन्त्री यादवले स्वीकार गर्न सकेनन् ।

सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सुर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यू पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ बक्ताका रूपमा सहभागी थिए । यस्तै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीप कुमार श्रेष्ठले सहजकर्ताकाे भूमिकामा थिए ।

मन्त्री यादव बाहेक अन्य सबै सहभागीले भने आयोजकको उपहार ग्रहण गरेका छन् । त्यसअघि भएको उर्जा सम्बन्धी सत्रमा पनि उर्जामन्त्री वर्षामान पुन र सूचना प्रविधि सम्बन्धी सत्रमा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपहार थामेका थिए ।

आजै बिहानसम्मेलनको उद्घाटन सत्रमा मन्त्री यादवले अग्रासनमा बस्ने सिट समेत पाएका थिएनन् । त्यसपछि उनी झोक्किँदै त्यहाँबाट बाहिरिएका थिए ।

मन्त्री यादवले पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा बसेर उद्घाटन सत्र हेर्नु परेको थियो ।

विगतको लगानी सम्मेलनमा उद्योग मन्त्रालयको विशेष भूमिका रहने गरेको भएपनि यसपटक उद्योग मन्त्री यादव भूमिकाविहिन छन् ।

यो पनि पढ्नुहोस नेपालको लगानी सम्मेलन, म्यानमारको विज्ञापन ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस मन्त्री मात्रिका यादवले भने : म रिसाएको छैन यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ यो पनि पढ्नुहोस नेपालमा लगानी गर्ने उत्तम समयः परराष्ट्रमन्त्री ज्ञवाली यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस नेपालमा लगानी ल्याउनेले घाटा खानुपर्दैन : सुरज वैद्य यो पनि पढ्नुहोस ‘दक्षिण एशियामा विद्युत बेच्ने अवसर छ नेपाललाई’ यो पनि पढ्नुहोस लगानीका लागि नेपाल स्वच्छ ऊर्जाको पावरहाउस : पूर्वअर्थमन्त्री महत यो पनि पढ्नुहोस मुथुट समूहका अध्यक्षले भने : एयरपोर्टको सत्कारले नै थाहा हुन्छ नेपालको लगानीको भोक यो पनि पढ्नुहोस एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं यो पनि पढ्नुहोस उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार यो पनि पढ्नुहोस लगानी सम्मेलनमा उद्योगमन्त्री उपेक्षित, स्क्रिनमा हेरे उद्घाटन समारोह यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपाल ‘भर्जिन ल्यान्ड’ यो पनि पढ्नुहोस विदेशी लगानीका दुई चुनौती : तरलता र ब्याजदर ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने यो पनि पढ्नुहोस काठमाडौंमा सुरू भो लगानी सम्मेलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment