News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा सुकुमवासीमाथिको दमन, महंगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ।
- वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमवासीमाथि दमन गरिरहेको आरोप लगाएका छन्।
- हिङमाङले भने, 'आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुमवासीको समस्या हल गर्ने कुरा थिएन ।'
३० वैशाख, काठमाडौं । सुकुमवासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
संयुक्त संघर्ष समितिले बुधवार काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमाथिको दमन, बढ्दो महंगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमवासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुमवासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरू एकजुट भएर विरोध गर्नुपर्ने बताए ।
‘आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुमवासीको समस्या हल गर्ने कुरा थिएन । उसले बर्बर दमन मच्चाएर आज सुकुमवासीमाथि अत्याचार मच्चाएको छ,’ उनले भने, ‘यसका विरुद्धमा सुकुमवासीहरूको पक्षमा हामी राजनीतिक शक्तिहरू, संयुक्त संघर्ष समितिमा आवद्ध राजनीतिक शक्तिहरू राज्यको यस कदमको घोर विरोध गर्न चाहन्छौँ । नेपालमा गरिब र निमुखा नागरिकमाथि निरन्तर रुपमा दमन हुँदै आएको छ ।’











प्रतिक्रिया 4