Comments Add Comment

शेष घले बने डलर अर्बपति !

१६ चैत, काठमाडौं । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङ डलर अर्बपति बनेका छन् ।

धनीहरुको सूची प्रकाशन गर्दै आएको बीआरडब्लु रीच लिष्टमा उनीहरुले यो वर्ष ठूलो छलाङ मार्दै डलर अर्बपति बनेका हुन् ।

घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका धनीहरुको सूचीमा घले ८६औं र गुरुङ ८५ औं स्थानमा रहेका छन् ।

गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थप्न सफल भएका छन् । योसागै उनीहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सूचीमा डेब्यु गरेका छन् ।

उनीहरुको सम्पत्तिको मुख्य स्रोत मेलवर्नमा रहेको मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी हो । तर, पछिल्ला दिनमा उनीहरुको धनीको सूचीमा फड्को मार्दै जानुमा भने ब्यबसायिक रियलस्टेट कारोबारको मुख्य योगदान रहेको द अष्ट्रेलियनले जनाएको छ ।

नेपालमा जन्मिएर सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका घले दम्पत्तिले छोटो समयमा उदाहरणीय प्रगति गरेका छन् । उनले सन् २०१३ देखि १७ सम्म चार बर्ष गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नेतृत्व गरेका थिए ।

उनीहरुले नेपालमा झण्डै १२ अर्ब रुपैयााको लगानीमा शेराटन काठमाण्डु होटल निर्माण गरिरहेका छन् भने नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी सवैभन्दा ठूलो परोपकारी संस्था एमआइटी ग्रुप फाउण्डेसनको समेत स्थापना गरेका छन् ।

यस्तो छ शेष घलेको सम्पत्ति वृद्धिको ग्राफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment