Comments Add Comment

प्राध्यापक संघका संस्थापक अध्यक्ष कार्कीको अन्त्येष्टि

२२ पुस, काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघका दिवङ्गत संस्थापक अध्यक्ष डा. सौभाग्यजङ्ग कार्कीका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

डा. कार्कीको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहनुभएका डा. कार्कीको क्यान्सर रोगका कारण पुस २० गते भारतमा निधन भएको थियो ।

दाहसंस्कारअघि नेेपाल प्राध्यापक संघको आयोजनामा त्रिचन्द्र क्याम्पसमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा काँग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विश्वविद्यालयका उपकुलपति डा. हीराबहादुर महर्जन, शिक्षाध्यक्ष गुणनिधि न्यौपाने, विभिन्न प्राध्यापक संघसंस्थाका पदाधिकारी र प्राध्यापकहरुको उपस्थिति थियो ।

कार्कीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment