+

ब्राजिल र मेक्सिको अन्तिम १६ मा, घरेलु टोलीले नेदरल्याण्डसँगको भेट छल्यो

२०७१ असार  १० गते ५:२२ २०७१ असार १० गते ५:२२
ब्राजिल र मेक्सिको अन्तिम १६ मा, घरेलु टोलीले नेदरल्याण्डसँगको भेट छल्यो

Neymar

१० आसर, काठमाडौं । ब्राजिल र मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । घरेलु टोली ब्राजिल मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा क्यामरुनलाई ४-१ गोल अन्तरले पराजित गर्दै समूह एको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोही समयमा क्रोएसियालाई ३-१ ले हराएको मेक्सिकोको समान ७ अंक भएपनि गोल अन्तरका आधारमा समूह उपविजेता बन्यो ।

अब क्वाटरफाइनल प्रवेशका लागि ब्राजिलले समूह बीको उपविजेता चिलीसँग खेल्नेछ । सोमबार राति अबेर भएको समूह बीको अन्तिम खेलमा चिलीलाई २-० ले पराजित गर्दै नेदरल्याण्ड समूह विजेता बनेको थियो । उसले अब समूह बीको उपविजेता मेक्सिकोसँग खेल्नेछ ।

ब्राजिलको जितमा नेयमार चम्किए

ब्राजिललाई अघिल्लो चरण प्रवेश गर्न बराबरी भए पुग्थ्यो भने हारले बाहिरिने खतरा पनि थियो ।

तर, चिलीलाई पराजित गर्दै नेदरल्याण्ड समूह बीका विजेता बनेपछि अघिल्लो चरण पुग्ने लक्ष्य बनाएको ब्राजिललाई डच टोलीसाँग प्रि-क्वाटरफाइनलको भेट टार्न क्यामरुनलाई ठूलो अन्तरले हराउनु पर्ने भयो । तर, २२ वर्षीय स्टार स्ट्राइभर क्यानरुनसाग सामना गर्न तयार भएपछि सबै सम्भव भयो ।

Neymar-1

राजधानीको नेशनल स्टेडियममा भएको खेलमा ब्राजिलले नेयमारको गोलबाट अग्रता लियो । उनले १७ औं मिनेटमा लईज गुस्तावोको पासमा गोल गरे । तर, २६ औं मिनेटमा क्यानरुनका मटिपले क्लमेज रेन्जबाट बराबरी गोल फर्काए ।

खेलमा लगातार दबाव कायम राखेको ब्राजिलका लागि ३४ औं मिनेटमा फेरि नेयमार छाए । मार्सेलोको पासमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए ।

दोस्रो हापमा ब्राजिलले दबाव कायमै राख्यो । ४९ औं मिनेटमा डेभिड लुइजको पासमा फ्रेडले क्लोज रेन्जबाट गोल गरे । ८४ औं मिनेटमा ओस्कारको पासमा फर्नाडिन्होले गोल गरेपछि ब्रजिल ४-१ ले विजयी भयो ।

 

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय