+

नेपाली टिममा बलियो आत्मविश्वास छ : रोहित पौडेल

२०८१ जेठ  १३ गते १२:३३ २०८१ जेठ १३ गते १२:३३
नेपाली टिममा बलियो आत्मविश्वास छ : रोहित पौडेल

१३ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिममा बलियो आत्मविश्वास रहेको बताएका छन् ।

टी २० विश्वकपका लागि अमेरिकामा रहेका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिम बलियो आत्मविश्वास र उच्च मनोबलमा रहेको बताएका हुन् ।

‘नेपाली सबै खेलाडी अनुभवी नै छन् । कम्तिमा पनि दुई, तीन वर्ष राष्ट्रिय टिममा खेलिरहेका खेलाडी छन्,’ उनले भने, ‘एकदम प्रेसर भएका खेल जितेको अनुभव सबैसँग छ । यसले गर्दा विश्वकममा नेपाली टिम उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ ।’

कप्तान पौडेलले विश्वकप अघिका हरेक खेलले केही न केही सिकाइरहेको अनुभव सुनाए । उनले भने, ‘हरेक खेलसँग सिक्दै गएका छौं । फरक खेलमा फरक फरक अनुभव भइरहेको छ । यहाँको वातावरणमा भिज्नको लागि पनि यी खेलहरू महत्त्वपूर्ण छन् ।’

नेपाली टिमले प्रत्येक ‘मोमेन्ट’लाई ‘क्यास’ गर्ने रणनीति लिएको पौडेलले बताए । उनले भने, ‘हरेक खेल हाम्रा लागि त्यतिकै महत्त्वपूर्ण छन् । हामी सबै जित्ने मनस्थिति लिएर खेल्ने छौं ।’

टी-२० विश्वकप नेपाली क्रिकेट रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय