News Summary
Generated by OK AI. Editorially reviewed.- कुसानको आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ सम्पन्न भएको छ ।
- क्यानको विकास कार्यक्रमअन्तर्गत गरिएको प्रशिक्षणमा देशभरका ५६ जना अम्पायर सहभागी भएका थिए ।
- प्रशिक्षणले राष्ट्रिय र प्रादेशिक प्रतियोगितामा अम्पायरहरूको निर्णय क्षमता प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकले विश्वास गरेको छ ।
२७ भदौ, काठमाडौं । क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ ।
नेपाली क्रिकेट अम्पायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) को विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
शुक्रबार र शनिबार गरिएको प्रशिक्षण कार्यक्रममा देशभरका ५६ जना अम्पायरहरू सहभागी भएका थिए । कुशानका अध्यक्ष मोहम्मद शफिक (समीर) खान अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
कार्यक्रममा अम्पायरहरू बुद्धिबहादुर प्रधान, विनय कुमार झा, मोहम्मद शफिक र राम कैलाश यादवले सहजीकरण गरेका थिए ।
प्रशिक्षणले राष्ट्रिय तथा प्रादेशिक स्तरका प्रतियोगिताहरूमा अम्पायरहरूको निर्णय क्षमता अझ प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया 4