News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग खेल्न नेपाल आउने चर्चा सामाजिक सञ्जालमा सुरू भएको छ।
- स्रोतका अनुसार वार्नर एनपीएल खेल्न आउने लगभग पक्का भएको छ, तर उनले कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी आएको छैन।
- सामाजिक सञ्जालमा उनी काठमान्डु गोर्खाजबाट खेल्ने चर्चा छ, र सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने पोस्ट राखेको छ।
२७ भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने चर्चा यतिबेला सामाजिक सञ्जालमा सुरु हुन थालेको छ ।
एक अस्ट्रेलियन स्रोतबाट प्राप्त जानकारी अनुसार वार्नर एनपीएल खेल्न आउने लगभग पक्का भइसकेको छ । उनले कुन टिमबाट खेल्ने भन्ने आधिकारिक जानकारी भने आउन बाँकी छ ।
सामाजिक सञ्जालमा भने उनी काठमान्डु गोर्खाजबाट खेल्ने चर्चा छ । अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखेको छ । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका छन् ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् ।
वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।
उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी-२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।
समग्र टी२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।
उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।
प्रतिक्रिया 4