News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
- उनले नेपाललाई उपाधि जिताउन ६ खेलमा १७ विकेट लिए ।
- नेपालले शनिबार फाइनलमा यूएईलाई हराएर प्रिमियर कपको उपाधि जितेको छ ।
२७ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए ।
सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् ।
उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध १, साउदी अरेबिया विरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमान विरुद्ध ३ अनि फाइनलमा उनले १ विकेट लिए ।
नेपालले शनिबार भएको फाइनलमा यूएईलाई हराएर प्रिमियर कपको उपाधि जितेको छ ।
प्रतिक्रिया 4