+

तिम्बुङ रनमा सञ्जय र कमला प्रथम

२०८३ भदौ  २७ गते ८:३७ २०८३ भदौ २७ गते ८:३७

२७ भदौ, पाँचथर । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा पुरुषतर्फ इलामका सञ्जय राई (समीर) र महिलातर्फ डोल्पाकी कमला (सुनसरी) क्षेत्री प्रथम भएकी छन् ।

२१ किलोमिटर दुरी राईले १ घण्टा २४ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो र ताप्लेजुङ मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो भए ।

त्यस्तै महिलातर्फकप् क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पूरा गर्दै प्रथम भइन् भने पाँचथरकी अन्जना लिम्बू दोस्रो भइन् ।

५२ जना धावक सहभागी भएको प्रतियोगितामा पुरुष तथा महिला दुवैलाई प्रथम, दोस्रो ८३ हजार ५२५, ६३ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राइले जानकारी दिए ।

स्थानीय क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाइ प्रथम भएका भरत बाँनियालाई समेत नगद ३३ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिएको थियो।

तिम्बुङ साउदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय