News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेखले मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कप फाइनलमा युएईविरुद्ध आफ्नो दोस्रो ओडिआई शतक बनाएका छन् ।
- आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित शतक बनाए र अर्जुन कुमालसँग ९७ रनको ओपनिङ साझेदारी गरे ।
- आसिफ नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।
२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले ओडिआई करियरमा दोस्रो शतक प्रहार गरेका छन् ।
मलेसियाको क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलमा युएई विरुद्ध आसिफले आफ्नो दोस्रो ओडिआई शतक बनाएका हुन् । उनले १०३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा शतक पूरा गरेका हुन् ।
शतक पूरा गरेलगत्तै आसिफ १०२ रनमा आउट भए । यस क्रममा उनले १०६ बल खेले । आसिफ ३६औं ओभरको तेस्रो बलमा आउट भए । उनले युएईका हैदर अलीले आयन खानबाट क्याचआउट गराए ।
आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।

आसिफ नेपालक लागि ओडिआईमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी समेत बनेका छन । यसअघि रोहिन पौडेल, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले पनि ओडिआईमा २-२ शतक प्रहार गरिसकेका छन् ।
आसिफले ओडिआईमा नेपालका लागि ७६ खेल खेल्दै २ शतक र १५ अर्धशतक मदतमा २ हजार १७४ रन बनाइसकेका छन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । रोहित पौडेलले २ हजार ३४४ रन बनाएका छन् ।
PHOTO: FB/CAN
प्रतिक्रिया 4