News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेखको १०२ रन र गुल्शन झाको ५२ रनमा नेपालले एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको छ।
- आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाउँदै अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।
- फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।
२७ भदौ, काठमाडौं । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध बलियो योगफल खडा गरेको छ ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको हो ।
आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।
आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १-१ विकेट लिए ।
फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया 4